दुर्घटनामा गम्भीर चोट लागेकालाई आर्थिक सहयोग

दुर्घटनामा गम्भीर चोट लागेकालाई आर्थिक सहयोग


लण्डन । हिजो शनिवार, १२ फेब्रुवरी २०११को दिन प्लमस्टिडस्थित नेपाल टीभीको कार्यालयमा दिउँसो १२ बजे दक्षिणपूर्व क्षेत्रीय तमू धिं, लण्डनको पहलमा एकजना साइकल एक्सिडेन्ट भएका डुम्रे, तनहुँ निवासी (हाल प्लमस्टिड)कृष्णा गुरुङको सहयोगार्थ दुई हजार एकसय पाउण्ड रकम संकलन गरेर पीडितका बुवाआमालाई अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङले बुवा मंगलबहादुर गुरुङ र आमा सुकमाया गुरुङलाई हस्तान्तरण गरेका थिए । कृष्ण गुरुङको क्यू.इ. अस्पतालमा उपचार भइरहेको छ ।
श्रीमतीको (विद्यार्थी) डिपेन्डमा यूके आएका कृष्णा गुरुङ केही हप्ताअघि साइकल चलाएर गइरहेको बेलामा पछिबाट ट्रकले ठक्कर दिँदा एक्सिडेन्टमा परेका थिए । उनलाई एकदमै गम्भीर चोट लागेकोले जीवनमरणको संघारबीच उपचार हुँदै छ । छोराको एक्सिडेन्टको खबर सुनेर बुवाआमा नेपालबाट लण्डन आएका छन्, तर, उनीहरुका आर्थिक स्थिति एकदमै नाजुक भएकाले दक्षिणपूर्व क्षेत्रीय तमू धिं युकेले सहयोग जुटाइदिएको हो । सहयोगका लागि अझ पनि चंदा संकलन भइरहेको कुरा संयोजक श्रीचन्द्र गुरुङले बताएका छन् । हिजोको मिटिङले थप चन्दा संकलनका लागि योगेश गुरुङको नेतृत्वमा निम्नलिखित सातजना सदस्यको समिति गठन गरिएको छ । इच्छुक व्यक्तिहरुलाई समितिसँग सम्पर्क गरेर यथासक्दो सहयोगका लागि आपेक्षा गर्दै समितिले सबैलाई अनुरोध गरेको छ ।
समितिमा योगेश गुरुङ ०७८८६५९३९३ (संयोजक), हिरा प्रसाद गुरुङ ०७७३७०५९८६८, खड्का बहादुर गुरुङ ०७७३७६६४७७९, श्याम शेरचन ०७७३७७७६९९५ (कानूनी सल्लाहाकार), गंगाराम गुरुङ ०७८२८६८६४२३, हरि गुरुङ ००७५७७७१३९३९, श्रीचन्द्र गुरुङ ०७८५९०३९०९० -सचिव, पत्रचारका लागि) छन् ।-सुमल, मेस