१३४औं लखन दिवस भव्य रुपमा सम्पन्न

१३४औं लखन दिवस भव्य रुपमा सम्पन्न


लण्डन । मगर संघ यूकेको आयोजनामा लण्डनस्थित नर्थहोल्टको नर्थहोल्ट पार्क सोसियल सेन्टरको एक सभा हलमा १३४औं लखन दिवस भव्य रुपमा मनाइएको छ । राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठ र अनेसासको केन्द्रीय उपाध्यक्ष जया राई विशेष अतिथि रहेका थिए । यनआरयन यूकेका अध्यक्ष सूर्य गुरुङ, डा. सुरेन्द्र श्रेष्ठ, इश्वर मानन्धर डा. रुपक श्रेष्ठ, आदि अन्य अतिथिहरु रहेका थिए ।
नौमति बाजा बजाएर शुरु गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष मे. कूलबहादुर थापाले सभापतित्व गरेका थिए भने बिल पूर्जाले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै, नरेश खपांगी मगरले लखन थापामगरको बलिदानको इतिहासको चर्चा गरेका थिए ।
थर्क राना, राजदूत चालिसे, विश्वविमोहन श्रेष्ठ, यनआरयन यूकेका अध्यक्ष सूर्य गुरुङ, डा. सुरेन्द्र श्रेष्ठ सहित कार्यक्रमका सभापति अध्यक्ष मे. कूलबहादुर थापाल ले आदिले मन्तव्य दिएकाथिए भने सोही कार्यक्रममा कविता वाचन पनि गरिएको थियो । कविता वाचन गर्नेहरुमा हेमराज थापा, दूतबहादुर पुन, विश्व विमोहन श्रेष्ठ, जयालक्ष्मी राई, लक्ष्मी राई, डा. रुपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, गोपिकृष्ण प्रसाई, नानुमाया राना, इश्वर मानन्धर, विजय हितानमगर, शशी सुब्बा थापा, युबहादुर गर्वुजा, देबेन्दै खेरेश आदिले आआफ्ना कविता पाठ गरेका थिए ।
सन् १८३५ मा जन्मिएका लखन थापामगर नेपालका प्रथम शहीद थिए । उनलाई सन् १८७७ फेब्रुवरीको २७ तारिख झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । गोर्खा जिल्लाको काहुले भण्गारमा जन्मिएका लखन थापामगरले गोर्खाको बङकोट क्षेत्रलाई आफ्नो राज्यको रुपमा स्वघोषित गर्दै आफूलाई राजा र जयसिंग चुमी रानामगरलाई मन्त्री बनाएका थिए । उनले तत्कालीन शासक जंगबहादुर रानाको विरोधमा उक्त प्रोभोकेटिभ काम गरेका थिए । आफ्ना सानो आर्मीको दस्ता पनि राख्ने लखनलाई तत्कालीन समाजमा किसानहरुका नेताको रुपमा व्याख्याइएको पनि थियो ।
-यचजी, मेस, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।