हराएको भाइको रहस्य, सपनाबाट समाधान

हराएको भाइको रहस्य, सपनाबाट समाधान


लण्डन । पोल्याण्डमा एकजना हराइरहेका मानिसबारे उनका दाज्युलाई राति निंदाएको बेलामा सपनामा एउटा पुरानो घरमा जानु भन्ने अवाज सुनेको भरमा त्यहाँ जाँदा उनले आफ्नो भाइलाई मृत अवस्थामा फेला पारेको समाचार प्रकाशमा आएको छ । एक वर्षअघिदेखि लुबेस्किई गाउँका ५५ वर्षीय रोमन मोकिजेउकिएको हराइरहेका थिए । उनलाई खोज्न व्यापक अभियान गरेका थिए, तर, उनलाई कतै भेट्टाउन सकिरहेको थिएन तथा उनी कहाँ छन् भन्ने अत्तोपत्तो केही थाह थिएन । उनका ५७ वर्षीय दाइ, वाइडेमारका अनुसार उनी मरेका छन् वा जिउँदो छन् भन्नेबारे कसैलाई केही थाहा नभएको भनेका छन् । उनी गाउँबाट मात्र हराएको भन्ने कुरा गाउँवासीलाई थाहा थियो । तर, एकदिन उनको दाइलाई सपनामा गाउँको किनारामा रहेको खाली पुरानो घरमा जानु भन्ने आवाज बारम्बार सुनेको हुनाले उनी त्यहाँ जाँदा उनका भाइलाई मृत अवस्थामा काठको चारपाइमाथि उनले फेला पारेका थिए । मृतक रोमनको मृत्यु अल्कोहोल पोइजनको कारणबाट भएको कुरा उनको अटोप्सीबाट थाहा हुन आएको छ । उनका दाज्युका अनुसार मृतकको अत्यधिक रक्सी सेवन गर्ने थियो भनेर समाचारदाताहरुलाई भनेका छन् । श्रोत-मेट्रो, सुमल, मेस ।