केन्टका दिदीबहिनीहरुको बार्षिक भेला

केन्टका दिदीबहिनीहरुको बार्षिक भेला


लण्डन । गत फेब्रुअरी महिनाको १२ तारिख शनिवार, होकिन्जको कम्युनिटी सेन्टरमा कल्पना तामाङ्गको संयोजनमा केन्ट स्टाफका दिदीबहिनीहरुको भब्य बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा केन्ट स्टाफका बिजिनेस् ओनर पल किड, गोर्खाहिल सुपर स्टोरका प्रोप्राइटर चन्द्र गुरुङ्गलगायत केन्ट स्टाफमा कार्यरत सबै दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
उक्त दिनको कार्यक्रममा केन्ट वरपरका करीब ४ देखि ५ सय दिदीबहिनीहरु उपस्थित थिए । केन्ट स्टाफमा कार्यरत सबै दिदीबहिनीहरुको सहभागिता देखेर, आफू ज्यादै प्रभावित भएको, केन्ट स्टाफ नेपाली विभागका कोर्डिनेटर कल्पना तामाङ्गले बताईन् । कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउनको लागि ससाना नानीहरु र भान्जीहरुले बिभिन्न आकर्षक नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।
यो वर्ष पनि गत बर्षहरुमा जस्तै दिदीबहिनीहरुको लागि साडी र पुरुषहरुको लागि सुट प्रतियोगिता राखिएको थियो । जसमा स्त्रीतर्फ कल्पना दुरा र पुरुषतर्फ राजु राई परस्कृत भए । स्मरण रहोस्, प्रतियोगिताको मूल्यांकन भने केन्ट स्टाफकै अंग्रेजी विभागका कर्मचारीहरुले गरेका थिए ।
कार्यक्रमको अन्तमाः केन्ट स्टाफका बिजिनेस् ओनर पल किडले नेपालीहरुको संस्कृति र संस्कारबाट आफू अत्यन्तै खुशी भएको बताउँदै, कार्यक्रम आयोजकलगायत कम्पनीमा कार्यरत सबै दिदीबहिनीहरुलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
-योगराज राई, मेस