थाई जोडीले जिते लामो किसिङ् रेकर्ड

थाई जोडीले जिते लामो किसिङ् रेकर्ड


लण्डन । गत प्रणय दिवसको दिनमा थाईको पत्तयामा भएको गिनेज वर्ल्ड रेकर्डको लागि राखिएको एक प्रतियोगितामा एक थाई जोडीले लगातार रुपमा ३३ घण्टासम्म उभिई किस गरेर एक नयाँ कीर्तिमान कायम गरेका छन् ।
१४ जना जोडीहरुले भाग लिएको सो चुम्बन लिने प्रतियोगितामा सात जोडीले पुरानो रेकर्डलाई पछारेका थिए । २००९मा जर्मनीमा भएको यस्तै खाले प्रतियोगितामा एक जोडीले लगातार रुपमा ३२ घण्टा, ०७ मिनेट अनि १४ सेकेण्डसम्म चुम्बन गर्ने रेकर्ड बनाएका थिए ।
गत शनिबार ११ पीएम-जीएमटी)मा शुरु गरिएको पत्तयाको सो प्रतियोगितामा उक्त सात जोडीले नसुती, अनि नबसी चुम्बन मात्र गरिरहेका थिए । एक अर्काको अँगालोबाट नछुटिने गरी खाना खान तथा शौचालयको प्रयोग गर्न छुट आयोजकहरुबाट दिइएको थियो ।
उक्त एक जोडी जसले लगातार रुपमा ३३ घण्टासम्म चुम्बन गरेर बिताएका थिए लाई पचास हजार भाटबराबरको हिराको औंठी र एक लाख भाट नगद पुरस्कार दिइएको थियो ।-नीर, मेस, श्रोत टेलिग्राफ