संसारका सबैभन्दा बढी सहुलियत प्राप्त बोरिङ कैदी

संसारका सबैभन्दा बढी सहुलियत प्राप्त बोरिङ कैदी


लण्डन / संसारका सबैभन्दा स्याहर सुशार प्राप्त कैदी तर उनी एक्लेै सान मारिनोको एक मात्र जेलमा एक्लोपनको कारणले गर्दा एकदमै उनी दीक्क भएको समाचार प्राप्त भएको छ । ३० वर्षीय कैदीलाई नजिकैको रेस्टुरेन्टबाट खाना ल्याएर खुवाउने व्यवस्था मिलाएको छ किनभने एकजना कैदीको लागि जेलमा क्यान्टिन सञ्चालन गर्दा महँगो साबित भएकोले त्यस्तो व्यवस्था मिलाइएको छ । पहिलेको कापुचिन मोनस्टरीमा अवस्थित सान मारिनोको एकमात्र जेलमा ६ वटा कैदीहरुलाई राख्ने कोठाहरु छन्, ती कोठाहरु मध्ये एउटा कोठामा उनी शानका साथ कैदी जीवन बिताइरहेका छन् । उनका लागि टीभी कोठा, जीम र लाइब्रेरीको व्यवस्था मिलाइएको छ ।
भेटिकन सिटी र मोनाको पछि युरोपका तेस्रो सानो राष्ट्र केही माइल खेतीयोग्य समतल भूमि, एकतिर चुन ढुंगाको बिराट पहाड र रेजिडेन्सियल क्षेत्रहरु मिलाएर बनिएका मोनस्टरी नै सान मारिनो राष्ट्रको भौगोलिक क्षेत्र बन्दछ । सन् २००९ ताका १४ जनासम्मलाई कैद गरेर राखिएका जेलमा सबै भौतिक सुविधा सम्पन्न छ तर त्यस ठाउँमा अहिले केवल एकजना कैदी अत्यन्त बोर हुँदै जेल सजायँ काटिरहेका छन् । गोपनीयतालाई ध्यानमा राखी यहाँ कैदीको नाम खुलाइएको छैन । उनीसँग मानव सम्पर्क केवल जेलका गार्ड, वकिल र कहिलेकँाहि उनका इष्टमित्रहरु सम्पर्कमा आउँछन् । उनको एकान्तपनलाई विचारेर दिनमा एकघण्टा जेलमा ब्रेक दिइएको छ । उनले अझ जेलमा ८ महिना गुजार्नुपर्ने छ । अब केही दिनपछि एकजना कैदी उनको साथी हुन आउँदै छन् भनेर श्रोतले बताएका छन् । विगत १७०० वर्षदेखि हाल ३० हजार जनसंख्या रहेको सानो राष्ट्र विश्वको सबैभन्दा पुरानो गणतान्त्रिक राष्ट्रहरुमा पर्दछ । यस राष्ट्रमा धनी वर्गकाहरुले ट्याक्स छल्ने र पैसाको कारोबार गर्ने विषयहरुको स्क्याण्डल भइरहन्छ, तर, अपराध भने यस राष्ट्रमा एकदमै न्यून हुने गर्दछ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।