करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु


करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।