सार्क घुम्ने समुन्द्रमा पौडेर बाँचे माझी

सार्क घुम्ने समुन्द्रमा पौडेर बाँचे माझी


लण्डन । एकजना माछा मार्न गएका मानिसको डुंगालाई बिशाल समुन्द्रको छालले उछिट्याएर फालेपछि त्यस मानिसलाई किनारासम्म जीवन मरणको पौडी खेलेर पुग्न ८ घण्टा समय लागेको समाचार प्राप्त भएको छ । एन्ड्रिउ विल्सन नाम गरेका माझी, माछा मार्न समुन्द्रमा गएका थिए । त्यस समुन्द्रमा सार्क माछाहरुको विगविगी थियो, उनलाई समुन्द्रको छाल र शक्तिशाली प्रवाहले तान्दै धेरै पर १० किलो मीटरसम्म हुत्याएको रहेछ । उनी अस्ट्रेलियाको गोल्डकोस्टस्थित समुन्द्रमा माछा मार्न एक्लै गएका थिए । उनलाई पौडी काटेर बाँच्नु अथवा त्यहाँ नै मर्नुपर्ने स्थितिको सामना उनले गर्नुपर्दा विस्तारै कठ्याङ्ग्र्रिने समुन्द्रमा बल गर्दै ३० सेकेण्ड जति अडिँदै कतै नरोकिएर ८ घण्टाको समयमा किनारासम्म आइ पुगी बाँचेका समाचारहरुमा प्रकाश पारेका छन् । श्रोत- मेट्रो, सुमल, मेस ।