कुनै हालतमा माओवादीलाई गृह नदिइने

कुनै हालतमा माओवादीलाई गृह नदिइने


विराटनगर, नेपाल । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई कुनै हालतमा गृह मन्त्रालय नदिइने बताएकाछन् । प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्र्रधानमन्त्री समेत रहेका नेपालले बताए -’लडाकू र हतियार रहँदासम्म कुनै हालतमा माओवादीलाई गृहमन्त्रालय दिइन्न ।’
माओवादी सुरक्षासम्वन्धी मन्त्रालय नदिने निर्णय परिर्वतन नहुने भन्दै उनले भने -’माओवादीले यसलाई मुद्धा बनाएर लम्ब्याउनुको कुनै अर्थ छैन् ।’ माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सातबुँदे सहमति त्रुटिपूर्ण रहेको उनको भनाइ थियो ।
एमाले वाम धु्रविकरणको पक्षमा रहेको भन्दै उनले कांगेंसलाई पनि सकारमा सहभागी गराएर लैजाने प्रयास जारी राहेको बताए । उनले भने -’विश्वासमा लिएर कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्छ ।’-नेस, मेस