आमा बन्दै अभिनेत्री निशा अधिकारी

आमा बन्दै अभिनेत्री निशा अधिकारी


अभिनेत्री निशा अधिकारी आमा बन्ने भएकी छिन् । नयाँ वर्ष २०१८ को अवसरमा उनले आफू बन्न लागेको कुरा सामाजिक संजाल फेसबुकमार्फत बताएकी हुन ।

निशाले यसै वर्षको असार १६ गते क्रिकेटर शरद भेषावकरसँग विवाह गरेकी थिइन् ।

उनले आफू गर्भवती भएको ५ महिनाको भइसकेको समेत लेखेकी छिन् ।

जुन दिनदेखि आफ्नो गर्भमा बच्चा बस्यो त्यही दिनदेखि आफू आमा भइसकेको निशाको भनाइ छ ।

निशा नायिका मात्र नभएर फिल्म निर्मात्री समेत हुन ।