रामदेवलाई राखीले दिइन् यस्तो चुनौती

रामदेवलाई राखीले दिइन् यस्तो चुनौती


चर्का अभिव्यक्ति र अनौठो स्वभाव प्रदर्शन गरेर सधैंजसो चर्चामा रहने बलिउड अभिनेत्री राखी सावन्त यतिबेला यस्तै अभिब्यक्ति दिएर पुनः चर्चामा आएकी छिन् । यसपटक राखीले योग गुरु रामदेव बाबालाई पतन्जलीबाट कण्डम उत्पादन गर्न चुनौती दिएर चर्चा बटुलेकी हुन् ।

केहि समय पहिले राखीले टेलिभिजनमा देखिँदै आएका कण्डमको विज्ञापनको गाइडलाइन बारेमा आपत्ति प्रकट गर्दै प्रश्न उठाएकी थिइन् । राखीको आरोप थियो– ‘कण्डमको विज्ञापन आउँदैछ भनेर किन विज्ञापन गरिन्छ ?’

अहिले राखीले पुनः कण्डमको विषयलाई लिएर नयाँ तीर चलाएकी छिन् । रामदेव बाबाप्रति निशाना गर्दै राखीले पतन्जलीबाट कण्डम बनाउन चुनौती दिएकी छिन् । उनले उक्त कुरा इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै राखेकी हुन् ।

उक्त भिडियोमा राखीले रामदेव बाबालाई सम्बोधन गर्दै ‘बाबा रामदेवजी, अगर आपमे दम है तो पतन्जली के कण्डम बनाइए’ भनेकी छिन् ।

त्यस्तै, हालै विराट कोहली र अनुष्काको विवाहको बारेमा पनि राखीले कण्डमको चर्चा गरेकी थिइन् । उनले विराटको विवाहले आफ्नो दिल टुटेको भन्दै आफुले विराट र अनुष्कालाई कण्डम उपहार दिने इच्छा भएको राखीले बताएकी थिइन् ।