इजरायलमा साहित्यिक बनभोज

इजरायलमा साहित्यिक बनभोज


इजरायल । नेपालमा प्रजातन्त्र दिवसको अवसर पारेर गत फेब्रुवरी २० मा इजरायलमा रहेएका साहित्य अनुरागीहरूको साहित्यिक बनभोज तथा नियात्रा तथा सँस्मरणाकार नयेन्द्र चेम्जोङको नवीनतम् कृति मोडको विमोचन कार्यक्रम अनेसास इजरायल च्याप्टरद्वारा तेलअभिभ नजिकै रामात गान भन्ने ठाउँको लुना पार्कमा सम्पन्न गरियो ।

उक्त कार्यक्रमको पहिलो चरणमा अनौपचारिक कार्यक्रम अन्तर्गत वनभोज कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम पश्चात नै औपचारिक दोश्रो कार्यक्रमअन्तर्गत नवीन कृति मोडको अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष, प्रमुख अतिथि हरि मानन्धर, सर्जक नयेन्द्र चेम्जोङ र उनकी धर्मपत्नी शान्ती चेम्जोङद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । उक्त कार्यक्रममा इजरायल च्याप्टरका उपाध्यक्ष शंकर कुमार पौडेलद्वारा स्वागत मन्तव्यबाट इजरायलको चिसो हावाहुरी र झरीसँगै गर्मिलो स्वागत गरिएको थियो भने अनेसास इजरायल च्याप्टरका सल्लाहकार सोमेन्द्र घिमिरेद्वारा कृति र सर्जकको बारेमा बोल्दै परदेशमा रहेर पाइएका दुःख पीडा तथा अवस्मरणीय क्षणहरूलाई समेटेर सत्य कुराहरूमा रहेर निश्पक्ष रूपमा लेखिएका नियात्राहरू समेटिएकाले कृति र सर्जक दुबैलाई धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गरेकाथिएका थिए। त्यस्तै आफ्नै कृतिको बारेमा सर्जक नयेन्द्र चेम्जोङद्वारा कृतिमा आफ्नो कृतिमा नेपालमा सरकारी जागिर गर्दादेखि विदेशमा रहँदाका आफ्नो मात्र नभई सम्पूर्ण विदेशिएकाहरूको अनुभव तथा पीडाहरूलाई समेटेको कुरा बताएका थिए । अनेसास इजरायल च्याप्टरकि कार्यकारी सदस्य उमा सुवेदीले पनि कृति र कृतिकारले नेपाली साहित्यमा दिएको योगदान र कृति प्रकाशन गरेकोमा बधाइ तथा धन्यवाद र कृतिको सफलतको शुभकामना दिएकिथिईन्।

उक्त कार्यक्रम अनेसास केन्द्रिय सचिव हरि मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उक्त अवसरमा मानन्धरले सर्जक नयेन्द्र चेम्जोङको नियात्रा तथा सँस्मरण सँग्रहले नेपाली डायस्पोरामा नेपालीहरूले भोग्नु परेका दुःख पीडाका अनुभवहरू र विदेशमा बस्दा विदेशीहरूबाट हेपिनु परेका पीडाहरूलाई समेटर सम्पूर्ण विदेशमा रहनुभएका नेपालीहरूको सिङ्गो अनुभव कृति मार्फत पाठकमाझ ल्याउनुभएकोमा बधाई तथा धन्यवाद दिएकाथिए । तथा कृतिकारले आफ्ना नियात्रा तथा सँस्मरणहरूमा इमान्दारीपूर्वक भए घटेका घटनाहरूलाई समेत प्रस्ट पारेकोमा उक्त कार्यक्रममा बोल्दै सर्जक नयेन्द्र चेम्जोङको कृति मोडले जनमानसको हृदय छुने हुनाले सफलता हुनुमा कुनै विमत नरहेको बताएकाथिए।

उक्त कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षले दोश्रो औपचारिक कार्यक्रमको समापन गर्दै नयेन्द्र चेम्जोङको कृति मोडमा भएका सबै सँग्रहहरू उहाँको मात्र नभई सबै विदेशिने मनहरूको साझा भएकाले मोडको सफलताको कामना गरेकाथिए । त्यस्तै इजरायलमा समयाभावको वावजूद पनि साहित्यमा लागि परेका कवि दिप्स शाह र गजल तथा गीतकार उमा सुवेदीको कृतिहरू नई प्रकाशनद्वारा पुरस्कृत भएकोमा इजरायल च्याप्टरकै गर्वको कुरा भएको बताएका थिए ।

अन्तमा तेश्रो तथा अन्तिम अनौपचारिक साहित्यिक कार्यक्रममा विभिन्न श्रष्टाहरूले आ-आफ्ना रचना पाठ गराउँदै कार्यक्रममा पुनः रौनक थपिएको थियो । रचना पाठ गर्नेहरूमा हरि मानन्धर, दिप्स शाह, भगवती बस्नेत, भगवती कनेल, रिमा सापकोटा (साइराम), रीता राई, मनु लोहोरूङ, कृष्णपक्ष, इन्दिरा प्रयाश थिएभने अनेसास इजरायल च्याप्टरका सदस्य सुमन कार्कीद्वारा निकट भविष्यमै रेकर्डिङका लागि तैयार गीत गाएर झरीको चिसो मौसममा इजरायली साहित्यक मनभित्रैबाट तताएर गर्मिलो पारेका थिए।

उक्त कार्यक्रमका सभापति अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्वमा कार्यकारी सदस्य दिप्स शाहद्वारा सञ्चालन गरिएको थियो ।

इजरायलमै रहेका फोटो पत्रकार अर्जुन जैलवालद्वारा उक्त कार्यक्रमका तस्वीरहरू लिइएको थियो ।
-मेस, इजरायल