[कविता]छाँयाको तागत -निर्भीक राई

[कविता]छाँयाको तागत -निर्भीक राई


(तस्वीरले भूतकाल जन्माउने)
Photo विगतको चिनो भएको ।
Photo ले भूतकाललाई जतन गर्ने ।
Photo इतिहासको दसि भएको ।
Camera मा थुनी कागजमा सारिएको छाँया (Photo) को
भूतकालमा पनि ठूलो महत्व हुने ।
Photo ले सम्झना र मायाको संरक्षण गरिरहेको हुने ।
Photo निरक्षरलाई पनि सन्देश दिइरहेको हुने ।
Camera मा थुनी कागजमा सारिएको छाँयालाई
भित्तामा टाँसी वा Frame मा सजाई
अर्थात्
Purse मा च्यापी सम्झनाको प्यास लाग्दा
आँखालो धीत-मर्दो पिउनु सजिलो हुने,
गोजीमा बोकेको चुरोट सल्काई तान्दै सकसक मेटेझैँ ।
Photo सत्यताको नजिक हुने ।
दुई आत्मा जोडिएको प्रमाणस्वरुप
जोर Photo को महत्व उच्च हुने ।
प्रेम झाँगिएपछि जोर Photo को रहर उधुम गानिने ।
हालःमनमैजु, काठमाण्डौं
जन्मथलो : नेपालेडाँडा, भोजपुर