इरानी महिलाको मृत्युदण्ड रोक्ने अभियान

इरानी महिलाको मृत्युदण्ड रोक्ने अभियान


लण्डन । सकिनेह् मोहम्मादी अशतियानी नाम गरेकी दुर्इ बच्चाकी आमा, इरानी महिलालाई झुण्ड्याएर मृत्युदण्ड दिने हाल विश्वका मुख्य समाचारहरुले प्रकाश गरेका छन् । तिनलाई सन् २००६ मा परपुरुषसँग अवैध सम्बन्ध राखेको अपराधमा ढुंगा प्रहार गरेर मार्ने सजाय दिएपछि विश्वभरिका मानवअधिकारवादीहरुको ध्यान आकर्षित भएको थियो । यो घटना तिनको श्रीमान मरेपछि दुर्इजना पुरुषहरुसंग सम्बन्ध राखेको आक्षेप तिनीमाथि लगाइएको थियो । यसपछि तबि्रजको अदालतले ९९ कोर्रा नितम्बमा हान्ने सजाय दिएको थियो । त्यस अदालतले दिएको सजायअनुसार ९९ कोर्रा नितम्बमा हानेको थियो । त्यसपछि त्यही केश सुल्टाएर दुर्इजना पुरुषमध्ये एकजनाले उनको पतिको हत्या गरेको भनि कानूनी कारवाही गरिएको थियो । ती महिलालाई पतिसँग रहँदा परपुरुषसँग सम्बन्ध राखेको अपराधमा ढुंगा प्रहार गरेर मार्ने सजाय सुनाइएको थियो । तर, तिनले पहिले दिएकी बयान भाषागत् ज्ञान नभएर फेर भएको प्रष्ट्याएपछि त्यस अपराधलाई स्वीकार गरेकी थिईनन् । आफुलाई अपराध स्वीकार्न बाध्य बनाएको भनेर समाचार दिएकी थिईन् ।
विश्वभरि तिनलाई बचाउने अभियान चलिरहेको छ । यस अभियानमा आफ्नो आमालाई बचाउनको लागि यी महिलाका दुर्इ बच्चाहरु लागीपरेका थिए जसले गर्दा मृत्युदण्डको सजाय तत्काल भने रोकिएको थियो, तर, मृत्युदण्डको माफी चाँहि भएको छैन । मृत्युदण्ड रोकने अभियान लण्डन, वाशिंगटन् डीसीलगायत संसारका प्रमुख शहरहरुमा भएको छ । यस घटनाले यति व्यापकता पायो कि ब्राजिलको राष्ट्रपतिले ती महिलालाई शरणार्थीस्वरुप ब्राजिलमा रहन दिने अनुरोध इरान सरकारलाई ब्राजिली तेहरानस्थित राजदुतावासमार्फत पठाएका थिए । अहिले हालै प्राप्त समाचारअनुसार तिनलाई बचाउनको लागि हलिवुडका कलाकारहरुसहित दुर्इजना नोवेल पुरुष्कार प्राप्त बोल सायिन्का र जडी विलियम्स समेत लागीपरेका छन् । जडी विलियम्सले आफ्नो साक्षत्कार भेटमा, “तिनलाई लगाइएको आरोप विश्वास योग्य छैन, तिनको मृत्युदण्डलाई तत्काल रोक्नुपर्छ” भनेका छन् । यस अभियानमा संलग्न ख्यातीप्राप्त व्यक्तित्वहरुमा चेक लेखक मिलन कुम्देर, पप गायिका बब जेल्डोफ, अभिनेत्रीहरु जुलियट बिनाचे र माया फारो छन् । ४३ वर्षीय मेाहम्मादी अशतियानीले अघिल्लो सप्ताह टेलिभिजन प्रसारणमार्फत आफ्नो आपराध स्वीकार गरेकीछिन् । तर, यस अभियानमा संलग्न व्यक्तिहरुका अनुसार आपराध स्वीकार्न बाध्य बनाएको बताउछन् । श्रोत – नेट, सुमल, मेस ।