कर्नललाई बलात्कारको अपराधमा २० वर्ष कैद

कर्नललाई बलात्कारको अपराधमा २० वर्ष कैद


लण्डन । एकजना कोङगोली सेनाका कमाण्डिङ अफिसर, लेफ्टेनेन्ट कर्नललाई मानवताको विपरित घृणित सामूहिक बलात्कारको आपराध गरेकाले २० वर्षको जेल सजाय सुनाएको छ । मध्य अफ्रिकाको कोङगो राज्यलाई विश्वले बलात्कारको राजधानी भनेर चिन्दछ । कोङगोको इतिहासमा कुनै पल्टनका कमान्डिङ अफिसरलाई यस्तो आपराधमा मुद्धा चलाइएको यो पहिलो घटना हुन आएको छ । यस अमानवीय घटनाको विरोधमा उत्रेकाहरुले आदलतको फैसलाले अब उपरान्त यस्ता आपराध गर्नेहरुलाई निरुत्साहित गर्नेछ भनेर प्रकाश पारेका छन् ।
आठजनाका बुवा, विवाहित लेफ्टेनेन्ट कर्नल मुटुआरे डेनियल किविविले कोङगोका एउटा फिजी नाम गरेको गाउँमा उनका एकजना जवानलाई स्थानीयवासीहरुले त्यहाँका एकजना स्थानीय दुकानदारसँग झगडा हुँदा ढुंगामुढा गरेर मारेको प्रतिसोध लिनलाई ठीक नयाँ वर्षको दिनमा लेफ्टेनेन्ट कर्नल मुटुआरेले आफ्नो पल्टनका जवानहरुलाई आदेश दिएर त्यस गाउँका घरघरमा गएर ढोका फोड्दै, लुटपाट, कुटपिट गर्दै रातभरि त्यहाँका महिलाहरुलाई बलात्कार गरेका थिए । त्यसको भोलिपल्ट ६२ जना बलात्कृत महिलाहरुलाई डाक्टरहरुले उपचार गरेकाथिए । यस घट्नाको मुद्धालाई अन्तर्राष्ट्रिय जगतले आवाज उठाएर आपराधीहरुलाई उचित सजाए दिलाउनको लागि दबाव दिएका थिए । सैनिक आदलतले हिजो सोमवार त्यस आपराधको घटनामा संलग्न रहेका र दोषी साबित भएकाहरुलाई सजाएको फैसला सुनाएका छन् । लेफ्टेनेन्ट कर्नल मुट्रुआरेलाई यस आपराधिक घटनामा चारवटा अभियोग लगाएको छ । विपक्षका वकिलहरुले लेफ्टेनेन्ट कर्नल मुटुआरेलाई मृत्युदण्ड दिनुपर्ने दलिल पेश गरेका थिए । तर, ४६ वर्षीय कर्नलले यी सबै उनीमाथि लगाइएका आरोपहरु निराधार छन् भनेर उद्धृत गरेका छन् ।
मुटुआरेले उनलाई आफ्नै अंगरक्षकहरुले फसाउने साजिस बताएका छन् । उनका वकिल अल्फ्रेड माइसाले उनलाई सन् १९८४साल देखि देशको लागि आफ्नो ज्यानको खतरा मोल लिंदै सेवा दिँदै आएका एक कर्तव्यनिष्ठ शुरवीर हुन् भनेर अदालतमा तर्क दिएका छन् । मुटुआरे मातहातका ३ जना अधिकृतहरुलाई पनि २० सालको जेल सजाए सुनाएको छ । ५ जना अरु दोषी साबित भएका आपराधीहरुलाई अलि कम्ती वर्षको जेल सजाय तोकिएको समाचार प्राप्त भएको छ ।
अदालतको फैसला सुनेपछि यस फैसलाबाट कतिपय महिलाहरुले धेरै अपराधीहरु उम्कन सफल भएको भनेर आलोचना गरेका छन् । एकजना महिलाले लेफ्टेनेन्ट कर्नल मुटुआरेले तिनलाई ४० मिनटसम्म बलात्कार गरेका पुष्टि दिएकी थिईन् । ४९ जना महिलाहरु बलात्कृत भएको प्रमाणित भएको आधारमा तिनीहरुलाई सरकारबाट क्षतिपूर्ति अनुरुप जनही १० हजार अमेरिकी डलर प्रदान गर्ने फैसला आदलतले गरेको छ । तर, यति रकमले तिनीहरुका जीवनभरिका भययुक्त जीवन, समाजबाट घृणा र पतिहरुबाट तिरस्कृत हुनसक्ने मानसिक पीडाबाट गुज्रनु पर्ने अवस्थालाई मध्येनजर गर्दा यो क्षतिपूर्ति रकम कम भएको भनेर आलोचना गरेका छन् । सन् १९९०को दशकबाट शुरु भएको गृहयुद्धमा पूर्वी कोङगो क्षेत्रमा बलात्कारलाई प्रमुख हतियार बनाउँदै आएका छन् । राष्ट्रसंघबाट सबैभन्दा बढी शान्तिसेनाका जवानहरु कोङगोको गृहयुद्धा शान्त पार्नका लागि खटिएका छन् । सन् २००९सालमा मात्र ८३०० जना बलात्कार भएको रेकर्ड प्राप्त भएको थियो । श्रोत – गार्जियन, सुमल, मेस ।