शान्ति नेपाल डट्कमको च्यारिटी

शान्ति नेपाल डट्कमको च्यारिटी


फार्नबोरोह । शान्ति नेपाल डट्कमले गत फेब्रुअरी १९ तारिख, शनिवार ओक्फार्म कम्युनिटी स्कूलमा भब्य च्यारिटी कार्यक्रमको आयोजना ग-यो । यो कार्यक्रम नेपालको म्याग्दी जिल्लाका अनाथ वालवालिकाहरुको सहयोगार्थ गरिएको हो । जुन कार्यक्रम वाईबीसीका म्यानेजिङ डाइरेक्टर योगेन बहादुर क्षेत्री र चर्चित गायक क्रान्ति आलेको संयुक्त प्रयासमा भएको हो ।
शान्ति नेपाल डट्कमले यो अभियान शुरुमा म्याग्दी जिल्लाबाट आरम्भ गरे पनि, भविष्यमा यस्तो कार्यक्रम देशको सबै भेगहरुमा पु-याउने लक्ष्य लिएको छ । सोही दिन, शान्ति नेपाल डट्कमको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहे पनि, केही समस्याहरुको कारण उद्घाटन गर्न नसकेको योगेन बहादुर क्षेत्रीले बताए ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि बीएफ्बीएस् गोर्खा रेडियो यूकेका महाप्रबन्धक खेम गुरुङ्ग र विशेष यही च्यारिटीको लागि आमन्त्रित पूर्व दरबाङ माध्यामिक बिद्यालय म्याग्दीको हेड् मास्टर बीरबहादुर कार्कीले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा मोना यूकेको अध्यक्ष योग फगामीले स्वागत मन्तब्य दिँदै, कार्यक्रमको उद्देश्यको बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए ।
बीएफ्बीएस्को संचालिकाद्वय सिरिश सुनुवार र रुपा रानाद्वारा संचालित कार्यक्रममा उर्मिला पुन र बद्री के.सी.ले नेपाली नृत्य र डारेन सायमस् र कार्ली नेवरले अंग्रेजी नृत्य प्रस्तुत गरेका थिएभने, बाँसुरी बादक टंक शेरचनले मीठो बाँसुरीको धुन सुनाएका थिए ।
पीडब्लुएसद्वारा प्रायोजित कार्यक्रममा जोभान भुजु र बिनिता भुजुले पनि गीत गाएर मनोरन्जन दिएका थिए । यो च्यारिटीको प्रमुख आकर्षक तथा आयोजक क्रान्ति आलेले आफ्ना कर्णप्रिय गीतहरु गाएर सबैलाई छम्छम्ती नचाएका थिए ।
प्रमुख अतिथि बीएफ्बीएस् गोर्खा रेडियो यूकेका महाप्रबन्धक खेम गुरुङ्गले, शान्ति नेपालले आयोजना गरेको यो कार्यक्रमको सराहना गर्दै, यस्तो उल्लेखनीय काम गर्ने संघ-संस्था र ब्यक्तिहरुलाई बीएफ्बीएसले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
-योगराज राई, मेस
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।