साना जुम्ल्याहलाई मायाले अँगाल्न नपाउने

साना जुम्ल्याहलाई मायाले अँगाल्न नपाउने


लण्डन । दुईजना जुम्ल्याहहरु यति मसिना जन्मे कि उनीहरुका पाखुरा आफ्नो बुवाको प्रणय सूत्रका औंठीभित्र सजिलै छिर्न सक्थे, तर, अनेकौं प्रयासपछि ती शिशुहरुले पूर्णस्वास्थ्य लाभ गरेका छन् । विलो र स्टान्ली नाम गरेका ती जुम्ल्याहहरु समय नपुग्दै चौदह हप्तापहिले जन्मेका थिए । अस्पतालमा सयौ पटक उनीहरुका श्वास अबरुद्ध भएको थियो । अनेकौं उपचारपछि उनीहरुले पूर्ण स्वास्थ्य लाभ गरेका छन् र उनीहरुलाई घर लैजाने अनुमति अस्पतालले दिएको छ । ती जुम्ल्याहहरु जन्मँदा क्रमशः ९०० ग्राम र १ केजी वजनका थिए । त्यतिबेला उनीहरुका नेपी फेर्दा अथवा मायाले समात्न खोज्दा कतै केही हुन्छ कि वा चोट लाग्छ कि भन्ने डर हुन्थ्यो । जन्मँदा उनीहरुका फोक्सो पूर्ण रुपले विकास भएको थिएन । ती जुम्ल्याहहरुको वजन अहिले क्रमशः ४ दशमलव ८ केजी र ५ दशमलव ५ केजी पुगेको छ । उनीहरुलाई उपचार गर्दै स्वास्थ्यलाध गर्न ५ महिना समय लागेको थियो । उनीहरु गतसाल सेप्टेम्बरमा जन्मेका थिए । उनका ३२ वर्षीय आमा लिलाले बच्चा जन्मेपछि बच्चाहरुलाई पहिलोचोटि ट्यूब र तारहरुमा बेरिएका दृष्या देख्दा तिनी डरले काम्दै भनेकिथिईन् र … उनीहरुका पीडायुक्त आवाज सुन्दा ममता उर्लेर आउँथ्यो, समात्न खोज्दा समात्न पाइने थिइनँ कतै उनीहरुलाई चोट पुग्छ कि भन्ने डर रहन्थ्यो….हामीलाई अहिले यी बच्चाहरुलाई देख्दा गर्व लाग्छ… डाक्टर र नर्सहरुले यी बच्चाहरुलाई बचाएका हुन् … । ती बच्चाहरु पूल, डोरसेट अस्पतालमा जन्मेका थिए र अहिले आफ्नो घर बोर्नमाउथमा सपरिवार खुशीमा छन् । श्रोत – मेट्रो, सुमल, मेस ।