संखुवासभा समाज हङकङको छैटौं अधिवेसन

संखुवासभा समाज हङकङको छैटौं अधिवेसन


हङकङ। गत २० फेब्रुअरी २०११ आइतबारका दिन संखुवासभा समाज हङ्गकङ्गले जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा छैटौं अधिवेसन सम्पन्न गर्दै सर्व सम्मतिबाट प्रेम कुमार कोरङ्गीको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति चयन गर्‍यो । जसमा क्रमशः उपाध्यक्ष मनोज गुरुङ, सचिव अजम्बर घले, सह-सचिव कुमार गुरुङ, कोषाध्यक्ष चन्द्रबहादुर राई र सदस्यहरु टोपबहादुर राई, नारायण प्रसाद राई, दुर्गा गुरुङ, गजेन्द्र गुरुङ, गजेन्द्र घले र प्रेम मेघी रहेका छन् भने समाजको विधान अनुसार बाँकी २ जना सदस्य उक्त कार्य समितिले मनोनयन गरी १३ सदस्सीय कार्य समिति गठन हुनेछ ।
समाजका ज्येष्ठ नागरिक हर्कबहादुर गुरुङले दीप प्रज्वलन गरेर उद्घाटन गरिएको उक्त कार्यक्रममा कार्यक्रम संचालक तथा समाजका निवर्तमान सचिव प्रेम कुमार कोरङ्गीले समाजको स्थापना काल (सन् १९९६) देखि हालसम्म समाजले गरेका महत्वपूर्ण कार्यहरु छोटकरीमा बताएका थिए भने अविभावक जिमी हाङ्गखिम, लोकप्रिय गायक खेमराज गुरुङ, समाजका सल्लाहकारहरु लालबहादुर गुरुङ, कृष्ण बहादुर लिङ्खा, उपेन्द्र कोरङ्गी, सलबहादुर कोरङ्गीलगायतका वक्ताहरुलाई दिइएको २ मिनेटको छोटो मन्तव्यको क्रममा सबैले विश्वकै अति गरीव देश, त्यसमाथि पनि दुर्गम पहाडी जिल्लाबाट विश्वकै अति व्यस्त व्यापारिक शहरमा आएर पनि समाजले गरेका अतुलनीय कार्यहरुको खुलेर प्रशंसा गरेका थिए । त्यसै क्रममा विद्यमान् हङकङको विभिन्न जातजाति, भाषाभाषी तथा क्षेत्रका संघ-संस्थाहरु मध्ये संखुवासभा समाज हङकङलाई एउटा नमुना संस्थाको रुपमा स्थापित गराउन विभिन्न क्षेत्रबाट सहयोग गर्नु हुने व्यक्तिहरुलाई उनीहरुको योगदानको उच्च कदर गर्दै समाजको तर्फबाट निवर्तमान अध्यक्ष हेम राईद्वारा कदर पत्र वितरण तथा खादा ओडाएर सम्मान गरिएको थियो ।- टोप बहादुर राई