गाईको दूध सफलताको कडी

गाईको दूध सफलताको कडी


लण्डन । वैज्ञानिकहरुले हालै गरेका अध्ययनबाट गाईले गाईको बाछाबाछीलाई पिलाउने पौष्टिक दूध खिलाडीहरुले सेवन गरे यसबाट खिलाडीहरुको खेल प्रदर्शनमा मद्दत हुने दावी गरेका छन् । उच्च गुणस्तरीय दुग्ध कोलोस्ट्रममा विशेष गरी खिलाडीहरु अत्यधिक तापक्रममा खेल प्रदर्शन गर्दा प्राय पेटको समस्या जस्तै डायरिया (दिसा पातलो जाने) समस्याहरु देखा पर्छन् जस्ाले गर्दा खेल प्रदर्शनमा यसले प्रभावित गर्दछ त्यस्ता समस्याका लागि लाभदायक सिद्ध भएको जानकारी दिएका छन् । द्रधको सेवनबाट यस्ता समस्याबाट पीडित हुने सम्भावनालाई रोक्ने क्षमता भएको जानकारी प्राप्त भएको छ । सेन्ट बार्टस् मेडिकल स्कुल अफ लण्डनका प्रोफेसर रे प्लेकार्डले खिलाडीहरुको एउटा समूहलाई परिक्षणका लागि विशेष दूध सेवन गराइएका थिए । ती खिलाडीहरुमध्ये ८० प्रतिशत खिलाडीहरु दूध सेवनपश्चात् उनीहरुका पेटको समस्या कम भएको जानकारी अध्ययनबाट प्राप्त भएको थियो । उनले कोलोस्ट्रमले सही मूल्यमा खिलाडीहरुका खेल प्रदर्शनमा निखार ल्याउनलाई मद्दत पुग्ने कुरा बताएका छन् । अनुसन्धानकर्ताहरुले अहिले मरुस्थलीय युद्धभूम्ािमा दूध सेवनबाट कसरी सेनाका जवानहरुलाई मद्दत पुग्नेछ भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान गरिरहेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।