खोटाङ हलेसीमा भीषण आगलागी

खोटाङ हलेसीमा भीषण आगलागी


खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको बुझिएको छ ।

आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ । भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको प्रहरीको भनाई छ ।

आज साँझ करिब साँढे ७ बजेदेखि शुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयवासीले नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिकाबाट दमकल पठाइएको बताइन्छ ।

दिक्तेलबाट घटनास्थलमा दमकल पुग्न कम्तिमा दुई घण्टा लाग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ । बाक्लो बजारबाटै आगलागी शुरु भएकाले हलेसीवासीमा त्रास फैलिएको छ ।