‘सांसद् सिलवालबारे गलत समाचार सम्प्रेषण गरियो’

‘सांसद् सिलवालबारे गलत समाचार सम्प्रेषण गरियो’


नेपाल प्रहरीका पूर्वडिआइजी एवम् नेकपा (एमाले)को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवालको बारेमा गलत प्रचार भएको भन्दै एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले आपत्ति प्रकट गरेका छन् ।

सिलवालमाथि आज नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको सन्दर्भसँग जोडेर कतिपय अनलाइन मिडियाले सिलवाल फरार रहेको भनी समाचार सम्प्रेषण गरेका थिए । तर, सांसद सिलवाल ‘एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजी’द्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन सोमबार मलेसियाको राजधानी क्वालालम्पुर पुग्नुभएको उनले जनाएका छन् । बताइएअनुसार सिलवाल एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया जानुभएको हो ।