नेपालका रैथाने खसहरु -भरत क्षेत्री

नेपालका रैथाने खसहरु -भरत क्षेत्री


नेपालमा खस भन्नाले को को पर्दछन् ?
नेपालका पहाडे मूलका चुच्चो नाक भएका मध्ये धेरैजसो खसभित्र पर्दछन् । हुन त १० औं हज्जार वर्षको सह-वसउठको प्रजातीय समिश्रणले विशुद्ध जाति विश्वमै जस्तै नेपालमा पनि पाउन त्यति सरल छैन । यसैले मात्र मुखाकृतिबाट जातीय विभेद पत्ता लगाउन कठिन छ । तैपनि सांस्कृतिक, भाषिक, ऐतिहासिक जस्ता पहिचानका आधारमा नेपालका क्षेत्री, कामी, दमै, सार्की, सन्यासी, जोगी, सबैलाई खस भन्न सकिन्छ । हुन त केही वाहुन पनि खसको परम्परागत पुरोहित (धामी) बाट सांस्कृतिकरणको प्रकृयाबाट वाहुन भएका भए पनि उनीहरुको जमीनसँगको भावानात्मक सम्बन्ध भारतीय भूमिप्रति र वैवाहिक सम्वन्ध भारतीय आर्य आप्रवासी वाहुन मात्रै युगौंदेखि कायम रहेको जस्ता कारणले इन्डो आप्रवासी आर्य नै भन्नु पर्ने हुन्छ । यही वैवाहिक सम्बन्धको निरन्तरता, सांस्कृतिक, भावनात्मक कारणले खत्री क्षेत्रीहरु खस समाजका महत्वपूर्ण अंग हुन पुग्दछन् ।

खसको विषयमा केही जानकारी भयो, त्यसो भए आर्य र खस अलग-अलग जाति हुन् ?
माथि उल्लेख भएका प्रमुख तीन मानवीय जातिमध्ये ककेसाइट जातिको एउटा अर्को हांगा या खण्ड दक्षिण एसियामा खस आगमनको हज्जारौं वर्षपछि प्रवेश गर्‍यो । उक्त हांगाले आजको पंजावको भू-भागमा एउटा संस्कृति विकास गर्‍यो जसलाई आर्य संस्कृति भनिन्छ । त्यही संस्कृतिको नाउँमा उक्त हांगाको नाम भारतीय आर्य रहन पुग्यो । कतिपय वेला भारतीय आर्यले सम्पूर्ण ककेसस जातिलाई नै आर्य नामले चिनाउन मन पराउँदछन् । यसरी ककेसस जातिलाई नै आर्य भन्ने हो भने खस आर्य जातिको दक्षिण एसिया प्रवेश गर्ने पहिलो हांगा हो जो इन्डो आर्य दक्षिण एसिया प्रवेश गर्नु भन्दा हज्जारौं वर्षपहिले प्रवेश गरेको थियो । ज्यादाजसो आर्य भन्नाले जुन भारतीय आर्य बुझिन्छ त्योभन्दा केही फरक खस जाति हो । दुवैको उदभव स्थान एउटै भएबाट कतिपय इतिहासविद खसलाई आर्यको ‘ठूल्दाइ’ पनि भन्दछन् ।

खस भनेको के हो ?
हुन त संस्कृतका पुस्तकमा खस भनेको व्रात्य, पापी, यक्ष, म्लेच्छ जस्ता नामले चिनाउने कोशिस गरेको पाइन्छ । अझ मनुस्मृतिमा संस्कार खस्केको या तल झरेको जाति पनि भनिएको छ । त्यसैले कतिपय मानिस (खास गरेर वाहुनहरु) खस भनेको आर्यबाट संस्कार खस्केको जाति भनेर चिनाउन रुचाउँदछन् । वास्तवमा संस्कृतका पंडितले जे जस्तो व्याख्या गरे तापनि खसको अर्थ मानवीय जात नै बुझिन्छ । मानवशास्त्रीले संसारमा थुप्रै मानवीय जात भए तापनि मोटा-मोटी रुपमा मुख्य मुख्य ३ जात भएको व्याख्या गर्दछन् । ककेसाइट जाति, मंगोलाइट जाति र नेग्रोआइट जाति । ककेसाइट जातिका अनेक उप समूहहरु विभिन्न कालखण्डमा संसारका अनेक भूखण्डमा छरिन पुगे । त्यसमध्ये एउटा प्रमुख जाति जो कांशगिरदेखि खसिया पर्वतसम्म, मानिसहरु स्थाइ रुपमा वसोवास शुरु गर्नु पहिलेदेखि, जो केकसस जातिको अर्को हाङगाले वैदिक सोच विकास गर्‍यो त्यसभन्दा हजारौं वर्षपहिलेदेखि नै रहँदै आइरहेको छ, त्यस जातिलाई खस जाति भनिन्छ ।

खस क्षेत्री न भनेर मात्र क्षेत्री भन्दा हुँदैन ?
क्षेत्री शब्द परम्परागत वर्ण व्यवस्थाको क्षत्रीय कै नेपाली करण हो । नेपालका खस क्षेत्रीहरु ले १२औं शताब्दीदेखी मात्र वर्ण व्यवस्था अपनाई क्षेत्री बनेका हुन् । यस भूमिमा उनीहरु हजारौं वर्षसम्म रहँदा बस्दा ‘खस’ नामले मात्र सुपरिचित थिए । मात्र क्षेत्री शब्दले भूमिसँगको यस्तो यो हज्जारौं वर्ष पुरानो गौरवपूर्ण इतिहासलाई इन्कार गरेर खस क्षेत्रीको परिचय अधुरो, अस्पस्ट र भ्रामक हुन पुग्दछ । यसैले क्षेत्री मात्र भनेर पूर्ण परिचय दिन नमिल्ने हुनाले खस क्षेत्री भन्नै पर्दछ । सवालाखेब्राहमण जसरी नै नेपालका क्षेत्रीलाई पहिले-पहिले “सपादलक्षी” भन्निथ्यो जसको अर्थ हो संस्कृति कारणबाट पछि क्षेत्री बनेका । यसैले क्षेत्री शब्दले वर्ण व्यवस्थाको वर्ण वा जात बुझाउने र खसले यहाँको भूमिको रैथाने समुदाय अर्थात् आदिवासी/जनजाति बुझाउने भएकाले समूहगत पूर्ण परिचय र अस्तित्व पहिचानका लागि ‘खस क्षेत्री’ नै भन्नै पर्दछ ।

के “खस क्षेत्री एकता समाज” जातीय संगठन हो ?
नि:सन्देह यो एउटा जातीय संगठन नै हो । नेपाली भाषाको जात शब्दले थुप्रै अर्थ बुझाउँदछ । जस्तै कि, अनुवांसिकी जात जसलाई अंग्रेजीमा Race भनिन्छ, त्यस्तै वर्ण व्यवस्थाको जात जसलाई अंग्रेजीमा Caste भनिन्छ त्यस्तै समाज विकासको एउटा अवस्था जसलाई Nation भनिन्छ लाई पनि नेपालीमा जात या राष्ट्र शब्दले वुझाउँदछ । हामीले उठाएको जातीय सवाल भनेको यही Nation या Nationality को सवाल हो । यो विशुद्ध नृस्संवितृय जात या वर्ण व्यवस्थाको जातको सवाल होइन । यस्तो जातीय सवालमा Race, Caste लगायत सांस्कृतिक, भाषिक, एतिहांसिक, राजनीतिक जस्ता मुद्धाले एउटा सामाजिक रुपमा निमार्ण भएको समूह पर्दछ । समाज विकासको एउटा अवस्थासम्म निश्चित भएको मान्यता अनुसारको वैवाहिक सम्बन्धले त्यस्तो समूहको अस्तित्व कायम रहने भएकाले यस्तो संगठनलाई रगतको घेरा भित्रको संगठन पनि भन्न सकिन्छ ।

श्रोतः http://www.khaschhetri.org.np/