बल्झियो अमिताभको पुरानो चोट

बल्झियो अमिताभको पुरानो चोट


बलिउड महानायक अमिताभ बच्चनले आफ्नो पुरानो चोट बल्झिएको जानकारी गराएका छन् । बच्चनले आफ्नो ब्लगमा पुरानो चोटका कारण आफूलाई असह्य पीडा भएको जानकारी गराएका छन् । बच्चनले यो पुरानो चोटको दुखाइ गम्भीर भएको खुलासा पनि ब्लगमा गरेका छन् ।

साथै अमिताभ बच्चनले एउटा फिल्मको सुटिङको क्रममा गह्रौँ सामान उठाउँदा दुखाइ बल्झिएको बताएका छन् । बच्चनले बायाँ काँधको पुरानो चोट बल्झिएर दुखाइ बढेको खुलासा गरेका छन् । अहिले यो चोट बायाँतर्फ मात्र भएको पनि प्रस्ट पारेका छन् । यो दुखाइको पीडा यसरी नै बढ्दै गए केही दिनमा सुटिङ गर्न अक्षम हुने पनि आफ्नो ब्लगमा लेखेका छन् । अमिताभ यतिबेला दुईवटा फिल्म ‘१ सय २ नटआउट’ र ठग्स अफ हिन्दुस्तानी’को सुटिङमा व्यस्त छन् ।

हालै विराट कोहली र अनुष्का शर्माको विवाहको रिसेप्सन पार्टीमा पुगेका महानायक अभिताभ आफ्नो बायाँ काँधमा सपोर्ट दिने पट्टा लगाएर आएका थिए । त्यसबेला उनलाई छोरा अभिषेक र बुहारी ऐश्वर्याले सपोर्ट गरिरहेका थिए ।