चित्रकला प्रदर्शनीबाट १६ लाख आम्दानी

चित्रकला प्रदर्शनीबाट १६ लाख आम्दानी


वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट रु १६ लाख आम्दानी गरेका छन् ।

कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै आफूले चित्रकला बिक्रीबाट उक्त आम्दानी गरिसकेको जानकारी दिए । आगामी २२ गतेसम्म रहने सो प्रदर्शनी गत १३ गतेबाट नेपाल कला परिषद्मा शुरु भएको थियो ।

‘कुनै चित्र एक दिनमा नै निर्माण सकिन्छ भने कुनै चार महिनासम्म लाग्ने गरेको छ’, उनले भने । बाल्यकालदेखिनै कला क्षेत्रमा रुचि भए पनि व्यासायिकरुपमा सो क्षेत्र अंङ्गालेको उहाँलाई ६० वर्ष पुगेको छ ।

संस्कृति र इतिहास सम्बन्धि बढी चित्र कोरेका सुवालले अहिलेसम्मा दुई हजार चित्र बनाइसकेको बताए । उनले भने, ‘निर्माण गरे पनि राम्रोसँग कला देखाउने स्थानको अभाव छ ।’ राससका अनुसार बहत्तर वर्षीय सुवाल कला संरक्षण नगर्ने हो भने नेपालीको पहिचान नरहने हँुदा संरक्षण गर्नु अत्यन्तै आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रदर्शनीमा राखिएका चित्र रु १५ हजारदेखि रु १५ लाखसम्मको रहेको छ ।