भण्डारीले सम्हाले प्रवक्ताको जिम्मेवारी

भण्डारीले सम्हाले प्रवक्ताको जिम्मेवारी


सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी गोकुल भण्डारीले सम्हाल्नुभएको छ । सहायकरथी नैनराज दाहालले निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नुभएको निर्देशनालयले जनाएको छ ।

सो अवसरमा सहायकरथी दाहालले करिब तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै सञ्चारसंस्था तथा सञ्चारकर्मीबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

सहायकरथी भण्डारीले आफ्नो कार्यकालमा नेपाली सेना र पत्रकार जगत्बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको बताउनुभयो ।


तस्बिर रासस