करेन्ट लागेर मजदुरको मृत्यु

करेन्ट लागेर मजदुरको मृत्यु


ढलाइको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सैनामैना– १० झिमझिमिया निवासी ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ ।

झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युत्को तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाले उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

काम गर्ने क्रममा उनीसँगै रहेका अरु तीन जना घाइते भएको र उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

भिक्खु थारुको श्रीमती कमला थारु पनि मजदुरी गर्दछिन् । परिवारमा खान खर्च जुटाउने हात हराएपछि ती परिवारको अवस्था चिन्ताजनक बनेको छ ।

आर्थिकस्तर कमजोर भएको यस परिवारमा भर्खर विद्यालय जान शुरु गरेका दुई छोरा र एक छोरी रहेका छन् । राससका अनुसार श्रीमान्को निधनपछि छोराछोरीको लालनपालनमै समस्या हुने अवस्था आएको छ ।