बोक्सी भन्दै कुटपिट गर्ने २ महिला पक्राउ

बोक्सी भन्दै कुटपिट गर्ने २ महिला पक्राउ


कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । लहान– २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले आफ्ना छिमेकी ३८ बर्षिया की रितादेवी दासलाई स्थानीयको सहयोगमा निर्घात कुटपिट गरेको स्थानियले बताएका छन् । पुष १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेको समयमा रीतालाई गालीगलौज गर्दै उनीहरुले कुटपिट गरेका हुन् । ‘मलाई बोक्सी लगाउंने तिमी नै हो । आफ्नो पतिलाई पनि रोगी बनाउंने तिमी नै हो ।’ मेरो घर परिवारमा रोग बसाउंने तिमी नै हो ।’ भन्दै उनीहरुले रीतालाई कपालमा समाती पछारेको पीडित रीताको भनाई छ ।

उता, निलमकी आमा ईनरदेवीले बाँसको लठ्ठी लिएर उनलाई बेसरी कुटपिट गरेको जाहेरीमा उल्लेख छ । उनका पति सिल्टु दास एक बर्षदेखि मधुमेह रोगबाट ग्रस्त छन् । कुटपिटबाट घाइते रीताको जिउभरी निलडाम समेत दखेखिएको प्रहरीले जनाएको छ ।