यूकेमा तीज कार्यक्रम सम्पन्न

यूकेमा तीज कार्यक्रम सम्पन्न


अल्डरसट । यूकेको अल्डरसटमा सामूहिक शिवपूजनसहित नेपाली नारीहरूको विशेष चाड तीज भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा फानबोरो, क्याम्बर्ली र अल्डरसटबासी नेपाली महिलाहरूको विशाल सहभागिता रहेको थियो । हरितालिका भनिने तीज नेपाली नारीहरूबीच निकै लोकप्रिय र उल्लासमय पर्वका रूपमा लिइन्छ । यो दिन पारिवारिक सुखसमृद्धिको कामनाका साथ महिला भक्तालुहरू निराहार व्रत बस्दछन् । हिमालयपुत्री पार्वतीले यो व्रत धारण गरी भगवान शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथा पाइन्छ । कार्यक्रममा सहभागी रामपियारीले प्रवासमा समेत यसरी आफ्नोपन र संस्कृतिको संरक्षण-संबर्धन गर्न पाएकोमा गौरव लागेको बताइन् ।
जीवनारायण बेलबासेको निवासस्थित सभाहलमा वैदिक शिवपूजन र नाचगानका साथ सम्पन्न उक्त कार्यक्रममा लन्डन निवासी पण्डित नारायण गाउँलेले पुरोहितको भूमिका निभाएका थिए । -नारायण गाउँले, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्, तस्वीर भीम