रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायीको ज्यान गयो

रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायीको ज्यान गयो


रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायीको ज्यान गएको छ ।

देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको अज्ञात समूहको गोलीप्रहार ज्यान गएको हो । उनी गोली लागि घाइते भएका थिए ।

घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । कसले र किन गोली हान्यो भन्ने खुल्न नआएको र अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।

कालो होन्डा मोटरसाइकलमा आएका अज्ञात समूहले करिब ११ बजे गोली प्रहार गरेका थिए । बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।