युनाइटेड भिलेज यूकेको वार्षिक भेटघाट

युनाइटेड भिलेज यूकेको वार्षिक भेटघाट


कास्की जिल्लाको उल्लेरी, ढाबा तथा स्याङ्जा जिल्लाको टोर्के, गल्याङ, राँपु र आर्रुखर्क गाउँहरुको संयुक्त संस्था युनाइटेड भिलेज यूकेको पहिलो वार्षिक भेटघाट गत पाँच सेप्टेम्बर आइतबारको दिन अल्डरसटमा विभिन्न मनोरंजनात्मक कार्यक्रमसहित सम्पन्न भयो ।
प्रेम गुरुङले कार्यक्रम संचालन गरेका थिए भने प्रमुख अतिथिमा नेपालका राजनीतिज्ञ तथा समाजसेवी श्रीप्रसाद गुरुङ रहेका थिए । सामूहिक परिचयात्मक कार्यक्रमबाट शुरु भई अन्तमा सामूहिक नाचगान गर्दै फेरि अर्को साल भेट्ने वाचा गरेर सो कार्यक्रम समाप्त भएको थियो ।-प्रदीप, फोटोसहित, बाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्