चिसो अण्डा दिएको झेाकमा हत्या

चिसो अण्डा दिएको झेाकमा हत्या


लण्डन । आफुलाई गोली हानेर मार्नुअधि अस्ति शनिवारको बिहान आफ्नो तिनले खाजामा चिसो अण्डा दिएकोले एकजना पतिले रिसको आवेगमा पत्नी, सौतेनी छोरी र तीनजना छिमेकीहरुलाई गोली हानेर हत्या गरेका छन् । पाइजामा लगाएको ४७ वर्षीय स्टान्ली न्योस नाम गरेको व्याक्तिले आफ्नो मोबाइल (घुमन्ते) घरबाट निस्केर भयभित भएकी स्वास्निलाई १२ गेजको पम्प एक्सन शट गनबाट गोली वर्षाउँदै अनि खेद्दै ७ वटा छिमेकीहरुको घरको आँगनमा सबैलाई तर्साएका थिए । अमेरिकाको केन्टुकी राज्यको ज्याक्शन शहरको नजिक ट्रेलर पार्कमा शनिवारको बिहान खाजा खाने बेलामा सही खाजा नबनाएको, चिसो अण्डा खाजामा दिएको झोंकमा बौलाहा भएर पत्नीलाई शट गन लिएर मार्न खोज्दा ५४ वर्षीय पत्नी सान्ड्रा न्योस गुहारको लागि बाहिर भागेकी थिईन् । स्टान्लीले अन्धाधुन्ध गोली वर्षाउँदै पछि-पछि लेखेटेका थिए । सान्ड्रा आफूलाई बचाउँन बाहिर राखेको जिपलाई आड बनाउँदै भागेकी थिईन्, तर, सान्ड्रालाई र उनको सौतेनी छोरी २८ वर्षीय सान्ड्रा स्ट्रोङ्गलाई स्टान्लीले मारेपछि छिमेकका तीनजनालाई बाहिर निस्केको बेलामा गेाली प्रहर गरी मारेका थिए । नाहाकमा मर्ने छिमेकीहरुमा ३१ वर्षीय डेनीस टर्नर, ३० वर्षीय सेरेसा फ्युगेट र ४० वर्षीय ट्यामी किल्बर्न थिए । फ्युगेटलाई तिन्को ७ वर्षीय बच्चाको सामुन्ने गोली हानेर हत्या गरेका थिए । त्यसपछि हत्याराले ७ वर्षीय बच्चालाई गोली हानेर मार्न खोज्दा बच्चाले रुँदै मलाई नमार्नुहोस् भनेर अनुयय बिन्ती गर्दा हत्याराले त्यस बच्चालाई नमारी छाडेका थिए ।
छिमेकीहरुले एकैछिन्मा घटेको हत्यकाण्डबारे प्रहरीलाई सूचित गरेको केही क्षणभित्र नै प्रहरी टोली घट्तास्थलमा आएको थियो । ठीक त्यसैबेला घरभित्रबाट एउटा गोली पड्केको आवाज आएको थियो । प्रहरीहरु घरभित्र पसेपछि स्टान्लीलाई मृत अवस्थामा भुइंमा लडिरहेका देखे । घरमालिकको अनुसार स्टान्लीको उद्दण्ड नकारात्मक व्यवहारले छिमेकीहरुलाई सताउन थालेपछि उनलाई निकाल्ने कारवाही आफुले शुरु गरिसकेको कुरा भनेका छन् । स्टान्लीको भाइ जोहन न्योसका अनुसार उनको दिमागी हालत ठीक थिएन, यस्तो अवस्थामा उनलाई हतियार राख्ने अधिकार दिनु हुन्नथ्यो भनेर समाचारलाई जनाएका छन् । श्रोत – नेट, सुमल, मेस ।