तीजको रमाइलो रेष्टुरेन्टहरुमा पनि

तीजको रमाइलो रेष्टुरेन्टहरुमा पनि


अल्डरसट । नेपाली महिलाहरुको चाडको रुपमा प्रसिद्ध रहेको तीजको उपलक्ष्यमा गत आइतबार, अल्डरसटका प्रसिद्ध नेपाली रेष्टुरेन्टहरुमा विविध शैलीका साथ तीज स्वरुपको मनोरञ्जनात्मक व्यवसाय गरिएको छ । अल्डरसटमा नेपालीको स्वामित्वमा रहेको भेटघाट तथा निरमाया दोहोरी रेष्टुरेन्टहरुमा पर्वलाई विशेष झलक दिने किसिमले अनौपचारिक तथा भावपूर्ण किसिमले रेष्टुरेन्टमा ग्राहकहरुको उपस्थिति रहेको थियो ।
भेटघाट रेष्टुरेन्टमा नौमती बाजालाई विशेष रुपमा प्रयोग गरिएको थियो, जसको नेपाली लोक लयमा सो रेष्टुरेन्टमा उपस्थित ग्राहकहरु मस्तसँग झुमेका थिए भने निरमायामा विशेष गरी महिलाहरु रातो साडी तथा पारम्परिक तीज भेषभुषामा सजिएर नेपाली तीजका लोकलयहरुमा क्रमबद्ध रुपले नाचमा शरिक रहेका थिए । यसरी सोही तीजको परिवेश प्रष्टसँगै ती रेष्टुरेन्टहरुमा देखिएको थियो ।
-याम, मेरो सम्वाददाता, तस्वीरसहित, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।