क्षेत्री समाज यूके इकाई समितिको गठन

क्षेत्री समाज यूके इकाई समितिको गठन


वेम्ली, लण्डन । ११ सेप्टेम्बर २०१० का दिन वेम्ली एरिया अन्तर्गतका क्षेत्री समुदायहरुको मिटिंग, वेम्लीको फुजिलियस बारमा क्षेत्री समाज यू केका अध्यक्ष कृष्ण बहादुर अधिकारी क्षेत्रीको उपस्थितिमा ९ सदस्सीय इकाई समिति गठन भएको छ जसअनुसार अध्यक्षमा भक्त बहादुर बस्नेत, उपाध्यक्षमा मिन बहादुर बानिया, सचिबमा चेतमान के.सी., कोषाध्यक्षमा नर बहादुर ढकाललाई सर्बसम्मत चयन गरिएको छ भने सदस्यहरुमा भरत थापा क्षेत्री, ओम बहादुर क्षेत्री, तेज कुमार थापा क्षेत्री, काली बहादुर क्षेत्री र उदय थापा क्षेत्री रहेका छन् । उक्त अबसरमा क्षेत्री समाज यू केका अध्यक्ष कृष्ण बहादुर अधिकारी क्षेत्रीले नबनिर्बाचित कार्य समितिलाई धन्यबाद दिनुको साथै क्षेत्री समाज यू केले हालसम्म के कस्ता प्रगति गरेको छ र भविष्यमा के कस्ता कार्यक्रम अगाडि सारेको छ भन्ने बारेमा बिस्तृत रुपले प्रकाश पारेका थिए । कार्यक्रममा नब निर्बाचित इकाई समितिका अध्यक्ष भक्त बहादुर बस्नेतले अब आउने दिनमा यस नयाँ कार्य समितिले बेलायतमा बस्ने क्षेत्री समुदायहरुका हकहित र अधिकारको बारेमा सशक्त रुपले अगाडि बढ्ने, इकाई समितिलाई अझ बढी संगठित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिइए, साथै उक्त नयाँ कार्य समितिले नेपालीहरुको महान चाड दशैं १५ अक्टोबर २०१० का दिन वेम्ली लण्डनमा भव्यताका साथ मनाउने निर्णय गरेको छ । उक्त दिनको कार्यक्रम क्षेत्री समाज यू के कार्य समितिका सदस्य भरत रोका क्षेत्री ले गरेकाथिए । -भरत