दाङमा पूर्व राजाको भब्य स्वागत

दाङमा पूर्व राजाको भब्य स्वागत


पूर्व राजा ज्ञानेन्द्र शाहलाई दाङमा उनका समर्थकहरुले भव्य स्वागत गरेका छन् । पश्चिम नेपालको भ्रमणमा रहेका शाह दाङ पुग्दा उनका समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

पूर्व राजा शाहले शुक्रबार दाङको घोराहीस्थित अम्विकेश्वरी मन्दिरमा पुजा अर्चना गर्नु भएको थियो भने चौघेरास्थित श्री रत्ननाथ मन्दिरमा दर्शन समेत गरेका थिए ।

शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले राजा आउ देश बचाउ जस्ता नारा पनि लगाएका थिए ।