०१२ सालसम्म तारबिना रिचार्ज गर्न सकिने

०१२ सालसम्म तारबिना रिचार्ज गर्न सकिने


लण्डन / हल्का विद्युतीय उपकरणहरुलाई तार जडान नगरी रिचार्ज गर्न सक्ने नयाँ प्रविधि जापानको प्रमुख प्राविधिक कम्पनी फूजित्सुले विकाश गरेको समाचार प्रकाशमा आएको छ । तारबिनाको प्रविधिबाट एकैचोटी धेरै संख्यामा विद्युतीय उपकरणहरु जस्तै डिजिटल क्यामेरा, मोबाइल फोन तथा ल्यापटाप कम्युटरहरुको ब्याटरी रिचाज गर्न सकिर्न्र्छ । ओसाका प्रिफेक्चर विश्वविधालयमा आयोजना गरिएको इन्स्टिट्युट अफ इलोक्ट्रोनिक इन्फरमेशन र कम्युनिकेशन इन्जिनियरस सम्मेलनमा प्रस्तुत गरिएको नयाँ प्रविधिबारे सम्प्रेषन गर्दा कालान्तरमा विद्युतबाट चल्ने कारहरु पनि यसै प्रविधिबाट विद्युत आपूर्ति गर्न सक्ने कुरा प्रकाश पारेको थियो । जापानमा पहिलोचोटी विकास भएको प्रविधि तारबिना चुम्बकीय धरातलको माध्यमबाट चार्जर र विद्युतीय उपरणलाई विद्युत प्रवाह गरिन्छ । यो नयाँ प्रविधिबाट कैयौ मीटर परसम्म बिनातार प्रयोग गरी उपकरणहरु रिचार्ज गर्न सकिन्छ । यस प्रविधिको विकासले बाटोघाटो अथवा खाली ठाउँहरुमा रिचार्ज गर्ने स्थानहरु स्थापित गरेर चौबीसै घण्टा सजिलै ग्राहकहरुलाई रिचार्ज गर्न मद्दत मिल्ने छ । यो प्रविधि व्यावसायिक रुपमा सन् २०१२ बाट शुरु गर्नका लागि फुजित्सु कम्पनीका लेबोरेटरीहरुमा वैज्ञनिकहरुले रिचार्ज गर्ने तारबिनाको उपकरण निर्माण गर्न धमाधम लागेका छन् । तर, यसको मूल्यबारे अहिले नै कम्पनीले प्रकाश पारेको छैन । कम्पनीका प्रवक्ताका अनुसार अब धेरै विद्युतीय उपकरणहरु जस्तै मोबाइल फोनदेखि कारसम्म बिनाझन्झट आफ्नै ठाउँबाट नहर्टाई धेरै संख्यामा एकैचोटि रिचार्ज गर्न सक्ने कुरा बताएका छन् । आई प्याड र रिरिडर जस्ता ससाना हलुङ्गो उपकरणहरुको अपार लोकप्रियता अब आउने दशकमा बिनातार रिचार्ज गर्ने प्रविधिको कारण तीव्रता आउने छ भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।