गीत [हाम्रो माया]- बज्र कुमार राई

गीत [हाम्रो माया]- बज्र कुमार राई


यथार्थ त अर्कै भयो साथमा छ तिम्रो छाँया
त्यही छाँया जस्तो भयो आज हाम्रो माया

यो जिन्दगी आफैंबाट झनझन् टाढा भाग्छ
तिमीलाई नपाएर यसै मर्छु जस्तो लाग्छ
रुँदै बस्दा एकान्तमा साथी हुन्न तिम्रो छाँया
त्यही छाँया जस्तो भयो आज हाम्रो माया

गुण जति तिमीलाई दोषहरु मलाई भयो
त्यही दोषहरुले मेरो जीवन जलाएर गयो
लैजाउ मेरो लाशमाथि जल्दैन तिम्रो छाँया
त्यही छाँया जस्तो भयो आज हाम्रो माया