सनातन धर्मलाई स्थापित गर्न आग्रह

सनातन धर्मलाई स्थापित गर्न आग्रह


राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा– ३ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्बाचित महामन्त्री राजेन्द्र लिंगदेनलाई आज अभिनन्दन गरेको छ ।

यहाँ आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र दिलविकास राजभण्डारीले उनलाई अभिनन्दन गर्दै संविधानमा लेखिए वा नलेखिए पनि सनातन धर्म हाम्रो व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जीवनसँग अभिन्न र अविभाज्य रूपमा गाँसिएकाले त्यसलाई स्थापित गर्नका लागि भूमिका निर्वाह गर्न लिंगदेनलाई सुझाव दिए ।

अर्का उपाध्यक्ष राजभण्डारीले देशमा प्राचीनकालमा वैदिक वा आर्य धर्मका रूपमा सम्बोधित हिन्दू सभ्यता र आस्थालाई राजनीतिक मान्यताले विस्थापित गर्न नसक्ने विचार व्यक्त गरे । राससका अनुसार नेता बालाराम घर्ती मगरले पुराना परम्परा र संस्कृतिलाई संरक्षण गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान सकिने बताए । पार्टीका महामन्त्री एवं नवनिर्वाचित सांसद लिंगदेनले पार्टीका तर्फबाट आफूले संसद्मा सशक्त प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरे ।