मृतकको परिवारलाई मलेसियाबाट सहयोग

मृतकको परिवारलाई मलेसियाबाट सहयोग


क्वालालम्पुर, मलेसिया । निलाई बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा ३ वर्षअगाडि मलेसिया प्रवेश गरेका जंग बहादुर थापा मगर आजभन्दा १ महिनाअगाडि अचानक मृत्यु भएको थियो । मलेसियाको निलाई शहरस्थित नेगरी सेम्बिलानमा पर्ने युनाईटेड मोर कम्पनीमा उनी कार्यरत थिए ।
दिनभरि काम गरी बेलुकाको ७ बजे काम सकी उनी कोठामा गई नुहाइधुवाइ गरेर नेपाली क्यान्टिनमा गई खाना खाएर रातको करीव ११ बजेसम्म टी।भी हेरेर सुतेका जंग बहादुर थापा मगर सुतेकै अवस्तामा मृत्यु भएको थियो । मृतक जंग बहादुर थापा मगर कटारी ओखले उदयपुर जिल्ला निबासी थिए । उनको घरको आर्थिक अवस्था कम्जोर रहेकोले मलेसियाबाट मृतकको परिवारलाई २ लाख २२ हजार ३ सय १० रुपैया सहयोग रकम मृतकको बाबु कर्ण बहादुर थापा मगरको नाममा आइ एम इ बाट नेपाल पठाई सकेको समाचारमा जनाईएको छ । सो रकम मलेसियास्थित निज मृतक काम गरेको कम्पनीबाट नेपाली रुपैया १ लाख १७ हजार ३ रुपैया र मलेसियास्थित नेपाली एकता समाजबाट १ लाख ५ हजार २ सय ८० रुपैया जम्मा गरी २ लाख २२ हजार ३ सय १० रुपैया नेपाल पठाई सकेको जानकारीमा आएको छ ।
सो रकम नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार शाहको नामबाट पठाईएको थियो । मृतक जंग बहादुर थापा मगर मलेसियास्थित नेपाली एकता समाजका एक सदस्य पनि थिए । नेपाली एकता समाजले आफनो समाज भित्रको जुनसुकै सदस्यको मृत्यु भएमा १ लाख रुपैया इन्सुरेन्स् दिने व्यवस्था गरेको थियो ।
-योगेन्द्र जोगी ुहिमालु