मृतकका परिवारलाई राहत

मृतकका परिवारलाई राहत


घर निर्माणका क्रममा झापाको कमल गाँउपालिका–५ मा ज्यान गुमाएका भारत, विहारका एक मजदुरको परिवारलाई मजदुर संगठनले राहत उपलब्ध गराएको छ ।

नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियनले ३६ वर्षीय रजानन्द सरदारको परिवारलाई रु एक लाख २५ हजार राहत उपलब्ध गराएको हो । युनियन र निर्माणकर्ताको सहयोगमा संकलित उक्त रकम आज पीडितका परिवारलाई हस्तान्तरण गरिएको युनियनका केन्द्रीय महासचिव इन्द्रकुमार राईले बताए ।

राससका अनुसार कमल गाउँपालिका–५ का हेमराज कार्कीको निर्माणाधीन घरको सेफ्टी ट्याङ्की बनाउने क्रममा यही पुस १४ गते कालीगढ सरदारको पर्खाल भत्किएर मृत्यु भएको थियो ।