दूतावासमा तीजको रमझम

दूतावासमा तीजको रमझम


लण्डन । दशकौंपछि, बेलायतस्थित नेपाली दूतावासले गत पाँच सेप्टेम्बरमा सम्पन्न गरेको छ । राजदूत डा. चालीसेकी श्रीमती डा. मिलन अधिकारीको निमन्त्रणामा सयभन्दा बेसी महिलाहरु बेलायतस्थित विभिन्न संघसंस्था तथा समुदायलाई प्रतिनिधित्व गर्दै उपस्थित भएका थिए । बेलायतमा दूतावास नेपाली समुदायको अभिभावकको रुपमा स्थापित बनाउँदै लाने र नेपाली परम्परालाई जगेर्ना गर्ने अभिप्रायले यसरी तीज मनाइएको हो भन्ने दूतावासले जनाएको छ ।

श्रीमती डा. अधिकारीले सयौं महिलाहरुको उल्लासमय उपस्थितिलाई भावपूर्ण स्वागत मन्तव्यले स्वागत गरेकिथिईन् । महिलाहरुको पर्व तीजलाई अर्थपूर्ण बनाउँदै लानका लागि सहभागीहरुलाई सल्लाह तथा सुझाव दिई उत्प्रेरक बन्नका लागि आग्रह आफ्नो मन्तव्यमा राख्ने श्रीमती अधिकारीपछि दूतावासका अन्य सहचारीहरुका श्रीमतीहरुले पनि आआफ्ना स्वागत मन्तव्यहरु राखेका थिए ।

सो कार्यक्रमलाई सविता अर्यालले सञ्चालन गरेकिथिईन् । कार्यक्रममा तीन विधामा पुरस्कारहरु दिइएको थियो । उत्तम नृत्य, उत्तम परिचय र श्रीमती तीज आदिको नामाकरण भएको ती विधाहरुमा उत्तम परिचयमा श्रीमती किरण जोशी, उत्तम नृत्यमा श्रीमती रितु पाण्डे र श्रीमती तीजमा श्रीमती भगवती खरेलले सम्वन्धित पुरस्कारहरु पाएका थिए । अन्त्यमा सबै चेलीबेटीहरुलाई नेपाली उपहारको रुपमा टीका र पोते दिँदै कार्यक्रम समाप्त गरिएको थियो ।

तीजको गीतमा प्रयोग गरिएका वाद्यवादनहरु सबै महिलाहरुले नै बजाएका थिए । कार्यक्रममा सेल रोटी, आलु केराउ आदि खाजाको रुपमा प्रयोग गरिएका थिए । तीजको कारणले गर्दा साडी अनि त्यसमाथि पनि रातो साडी लगाउनका लागि पनि कतिपय अत्यन्तै उत्साही रहेको भन्ने चर्चाहरु भएका थिए । कतिपय नेपाली महिलाहरुले स्थानीय समाजमा घुलमिल भइसकेको सन्दर्भमा साडी लगाउन नै बिर्सिसकेका थिए भन्ने पनि सोही भेलामा चर्चा भएको थियो ।

-प्रशान्त कुँवर