१९औं राष्ट्रमण्डल खेलकुदको पूर्वसन्ध्यामा दुर्घटना

१९औं राष्ट्रमण्डल खेलकुदको पूर्वसन्ध्यामा दुर्घटना


लण्डन । प्रत्येक चारवर्षमा आयोजना गरिने राष्ट्रमण्डलको खेलकुद यस वर्ष भारतको नयाँदिल्लीमा ०३ देखि १४ अक्टुबर २०१० सम्म सम्पन्न भइरहेको छ । सन् १९३० देखि बेलायती साम्रज्य खेलकुदको नामबाट सम्पन्न हुँदै आएको यस खेलकुदमा बेलायतद्वारा प्रशासित राष्ट्रहरुलाई समेटेर विभिन्न खेलकुदहरुको प्रतियोगिता संचालन गर्दै आएकेा छ । सन् १९७८ देखि यस खेलकुदको नामाकरण राष्ट्रमण्डल खेलकुदको नामबाट परिवर्तन गरी प्रत्येक चारवर्षमा विभिन्न राष्ट्रहरुमा खेलकुदको प्रतियोगिताहरु परिचालन गर्दै आएको छ । राष्ट्रमण्डल खेलकुदको मुख्यालय लण्डन, यू.के.मा छ । यसवर्षो प्रतियोगितामा २८५वटा खेलकुद प्रतिस्पर्धाहरुमा पाँचहजारभन्दा बढी खेलाडीहरुले प्रतियोगिताहरुमा भाग लिने अडकल गरेका छन् । यूकेबाट इंग्ल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्डले छुट्टा छुट्टै प्रतिनिधित्व गर्दै भाग लिंदै आएका छन् । राष्ट्रमण्डलमा अहिले ५४ सदस्य राष्ट्रहरु छन्, तर, खेलकुदको हैसियतमा यस वर्ष ७३वटा राष्ट्रहरुको सहभागिता हुनेछ । यस वर्षको राष्ट्रमण्डल खेलकुद प्रतियोगिताको तैयारी भइरहेको पुर्वसन्ध्यामा खेलकुद उद्घाटन हुने मात्र ११ दिन बाँकी रहेको बेला हिजो पद्यात्राद्वारा मुख्य स्टेडियामलाई जोड्ने पुल भत्केकोले यस वर्षको राष्ट्रमण्डलीय खेलकुदबारे सुरक्षा व्यवस्थामा आशंका गर्न थालेका छन् । त्यसैगरी आज भारोत्तोलन प्रतियोगिता आयोजना गरिने स्थलको सिलिङ अचानक खसेकाले बेलायतबाट खेलकुदमा भाग लिन जाने खेलाडीहरु डराइरहेका छन् । खेलकुदको तैयारी जोडतोडका साथ भए तापनि कतिपय प्रतियोगिता संचालन गर्ने स्थलहरुको काम पूरा भएको छैन र खिलाडीहरुको बस्ने ठाउँहरुको व्यवस्था राम्रो नभएको समाचार प्राप्त भएको छ । सुरक्षाको विषयलाई लिएर ४८ घण्टाभित्र सो खेलकुद प्रतियोगितामा भाग लिन जाने वा नजाने निर्णयको कुरालाई लिएर बेलायतका राष्ट्रिय खेलकुद परिषदका अधिकारीहरुले छलफल गरिरहेका छन् । बेलायतका कतिपय स्टार खिलाडीहरुले आफ्नो स्वास्थ्य र सुरक्षाको विषयलाई लिएर सो प्रतियोगितामा भाग नलिने निर्णय गरेका छन् । नयाँदिल्लीस्थित पब्लिक वर्कस् डिपार्टमेन्टका एकजना प्रवक्ताले बेलायतको मेकोली कम्पनीबाट आयत गरेको दुइटा सस्पेन्डरबारहरु भाँच्चिएकाले पुल भत्केर खसेको जानकारी दिएका छन् । जानकारी दिने प्रवक्ता त्यतिबेला त्यही ठाउँमा उपस्थित थिए भनेर जानकारी दिएका छन् । त्यस घटनामा २७जना मानिस घाइते भएका छन् । खेलकुद स्टेडियम र पुल निर्माणमा ठेक्का पाएको भारतीय निर्माण कम्पनीलाई घटनाको छानबिनको प्रतिवेदन प्राप्त नहुन्जेल भविष्यको निर्माण कामहरुमा रोक्का गरेको छ । अब केही दिनभित्र शुरु हुने राष्ट्रमण्डल खेलकुदको लागि स्वास्थ्य र सुरक्षासम्बन्धी त्रास बोकेका छन् । श्रोत – नेट, सुमल, मेस ।