डेभिड बेकमलाई पनि यौनकर्मीसँगको आरोप

डेभिड बेकमलाई पनि यौनकर्मीसँगको आरोप


लण्डन । सन् २०१० सालमा दिग्गज खिलाडीहरुले आफ्नो पत्नीलाई छलेर यौनकर्मीहरुसंग यौन सम्बन्ध राखेको विषयले छापाहरुमा निकै चर्चा पाएका छन् । सबैभन्दा पहिले विश्व नम्बर एक गोल्फ खिलाडी टाइगर वूडको यौनकर्मीहरुसँगका अवैध सम्बन्धको विषयले यति व्यापकरुप लियो कि आफ्नो गोल्फ क्यारियरमा ठूलो धक्का लाग्नुको साथसाथै पत्नीसँग पारपाचुके गरेर ठूलो क्षति व्यहोर्नु परेका छन् । अहिलेसम्म पनि टाइगर वूड सम्बन्ध विच्छेदको धङधङीमा रुमल्लिएका छन् । त्यसपछि बेलायतको फुटबल खिलाडी अस्ले कोलले आफ्नो पत्नीलाई धोका दिएर परस्त्रीहरुसँग सम्बन्ध राखेको प्रमाणित भएपछि सेलेब्रेटी गायिका चेरीलले सम्बन्ध विच्छेदका लागि मुद्धा चलाईन् र केही हप्ता पहिले अस्ले कोल र चेरिलको सम्वन्भ विच्छेद भएको छ । त्यसको केहीदिनपछि फेरि मन्चेस्टर युनाईटेडका स्ट्राइकर फुटबल खिलाडी वेइन रुनी पनि यस विषयबाट अछुतो रहेनन् । उनलाई पत्नी गर्भवती रहेको बेला जेनिफर थम्पसन नाम गरेकी यौनकर्मीले सातपटक आफूसँग रुनीले पैसा तिरेर यौन सम्बन्ध राखेको दावी गरेर पत्रपत्रिकाहरुमा प्रचार गरेकिछिन् । तर, गतहप्ता चर्चामा व्यापकता पाएको यो समाचार यसहप्ता सेलाएको छ, । प्राप्त समाचार अनुसार जेसिका थम्पसनले आफ्नो नाम सेलेब्रेटीसँग गाँसेर चर्चामा ल्याउनको लागि हल्ला फैलाएको भनेर कतिपए समाचारहरुमा प्रसार गरेका छन् । तर, फेरि आजको खबरमा अर्को बेलायतका नामी खिलाडी ३५ वर्षीय बेकमको नामसंग २६ वर्षीय यौनकर्मी इर्मा निसीले आफूसँग बेकमले पैसा तिरेर यौनसम्बन्ध राखेको समाचार अमेरिकी वेब पत्रिका इन टचबाट सम्प्रेषन भएपछि बेकम दम्पतिले मुद्धा दायर गर्ने समाचार प्रकाशमा आएको छ । बेकमका अनुसार आफ्नो छवि धुमिल्याएर बदनाम गर्ने ध्येयले यो झुटो समाचार सम्प्रेषण गरिएको हो भनेर प्रकाश पारेका छन् । बेकमका एकजना प्रवक्ताका अनुसार बेकमको बारेमा यस्तो खबर सम्प्रेषन गर्न थालेको खबर थाह पाएपछि इन टच वेबपत्रिकालाई यो खबर झुटो हो र यसमा केही तथ्य नरहेको, यसलाई सम्प्रेषन नगर्नलाई अनुरोध गरेका थिए । तर, झुटो समाचार सम्प्रेषन नगर्नलाई भनिय तापनि सम्प्रेषन गरिदिएकाले त्यस वेबपत्रिकालाई बेकम दम्पतिले बेलायतको उच्चा न्यायलायबाट मुद्धा दायर गर्ने समाचार बेकमका प्रवक्ताले भनेका छन् । अमेरिकाबाट मुद्धा हाल्दा त्यहाँको कानूनको मौलिक अधिकारको दायराभित्र यो मुद्धा फितलो हुनसक्ने ध्यानमा राखेर बेलायतबाट मुद्धा चलाउने भनेका छन् । यो अनलाइन पत्रिका भएकोले गर्दा कुनै पनि राष्ट्रबाट मुद्धा लड्नसक्ने प्रावधान रहेको कुरा प्रकाश पारेका छन् । इनटचमा प्रकाशित बेकमको यौनकाण्डको कथा, २६ वर्षीय इर्मा निसीलाई सन् २००७को अगस्त महिनामा न्यूयोर्कस्थित एउटा होटलमा क्यास ३२०० पाउण्ड रात बिताउनलाई दिएको र अर्को एकजना महिलालाई आफूहरुसँग सहभागी हुनको लागि १५०० पाउण्ड रकम बेकमले दिएका थिए भनेर वेबपत्रिकामा प्रकाशित गरेकी छिन् । डेभिड बेकमको वैवाहिक जीवनमा पहिले नै सन् २००४मा जब उनी स्पेनमा रियाल मेड्रिडका लागि अनुबन्धित भएर फुटबल खेल्नगएका थिए, त्यति बेला पनि उनकै पीए रिबाका लूजले पनि बेकमले आफूसँग यौन सम्बन्ध राखेको भनेर बेकमको जीवनमा भुइँचालो ल्याउन खोजेकी थिईन्, तर, बेकमले त्यस कुरालाई खण्डन गरेर झुटो प्रसार गरेको भनेर स्वीकारेका थिएनन् । यतिबेला झुटो समाचार प्रचार गरेर आफ्नो मानहानी गरेकोमा उनी इन टच वेबपत्रिकालाई मुद्धा हाल्ने तरखरमा छन् । श्रोत – नेट, सुमल, मेस ।