संसारकै होँचा व्यक्ति खगेन्द्र थापामगर

संसारकै होँचा व्यक्ति खगेन्द्र थापामगर


लण्डन । खगेन्द्र थापामगर, जो नेपालीहरुका लागि नौलो नाम होइन र अहिले संसारकै होंचो नवयुवक हुन् । जब संसारकै होंचो व्यक्ति पिंग पिंगको हृदयाघातबाट गत मार्च महिनामा मृत्यु भयो, तब यस उपाधिको लागि अघोषित युद्ध नै चलेको छ ।
पिंग पिंगको मृत्युपश्चात् यो उपाधि २७ इन्च अग्ला बोगोटो, कोलोम्बियाको २४ वर्षीय एडवार्ड निनो हर्नाब्डेडाले पाएका थिए तर विडम्बना, यो उपाधि उनले लामो समय राख्न नपाउने भएका छन्, किनकि उनलाई चुनौति दिँदैछन् संसारकै होँचो टिनएजर २६ इन्च अग्ला, नेपाली खगेन्द्र थापामगरले । खगेन्द्रले यो उपाधि आगामी २४ अक्टोबरमा उनी अठार वर्ष पुग्नासाथ प्राप्त गर्नेछन् ।
एडवार्ड यस उपाधिको अति नै भोका छन्, उनले छोटो अवधिमै प्रशस्तै नाम र दाम कमाएका थिए । जब पिंग पिंगको मृत्यु भयो, त्यतिबेला उनी २१ वर्षका थिए । मंगोलियाको एक गाउँमा गरीव परिवारमा जन्मेका पिंग पिंगको गरीवी तब दूर भयो, जब उनले सन् २००८मा यस उपाधि प्राप्त गरेर विश्व प्रसिद्ध भएका थिए ।
एडवार्डको यो चाहना छ, उनी यो उपाधिको साथमा विश्व घुम्न चाहान्छन् र साथै विश्वप्रसिद्ध व्यक्तिहरुसँग भेट्न चाहान्छन् अनि हलिवुडमा गएर फिल्म खेल्न चाहान्छन् । खगेन्द्रका अभिभावक पनि यो उपाधि उनको छोरोले पाओस् भन्नेमा छन् । उनको परिवारले १४ वर्षको हुँदा यस उपाधिको लागि दाबी गरेका थिए तर खगेन्द्र १८ वर्ष पुग्दासम्म उनको उचाइ बढ्नसक्ने कारण देखाउँदै रिजेक्ट गरिइएको थियो सो दाबी ।
गत फेब्रुवरीमा १७ वर्षीय खगेन्द्र रोम पुगेका थिए, जसलाई त्यहाँ जीडब्ल्यूआरद्वारा उचाइ मापन गरेर संसारकै होंचो टिनएजरको उपाधि दिइएको थियो ।
के अब एडवार्डले यो उपाधिको रक्षा गर्न सक्लान् ? या अब केही हप्तामा नै यो उपाधि उनको हातबाट खगेन्द्रले खोस्नेछन् ? उत्तर चाँडै नै थाहा लाग्दैछ । -प्रदीप, मेरो सम्वाददाता, तस्वीर नेट