लण्डनमा नेपाली युवतीको आत्महत्या

लण्डनमा नेपाली युवतीको आत्महत्या


चार्ल्टन, लण्डन । पाँच दिनअघि एकजना १९ वर्षीया एलिना पान्डे नाम गरेकी नेपाली युवतीले आत्महत्या गरेकी समाचार प्राकाशमा आएको छ । दक्षिण पूर्व लण्डनस्थित ग्रीनबिच बोरोअन्तर्रगत चार्ल्टनमा बस्दै आएकी एलिनाले भर्खर मात्र युनिभर्सिटीमा भर्ना भएर अध्ययन गर्दै थिईन् । आत्महत्या गरेको खबरबारे पूर्णतया नेपाली समुदायलाई केही थाहा नभएको तथा आत्महत्यको कारण थाहा नलागेको कुरा बताइएको छ । तर, १९ वर्षीया युवतीको मृत्युले जो सुकैलाई दुःख लाग्नु स्वभाविक कुरा हो ।
विगत केही वर्षदेखि बुवा, आमा, भाइ र बहिनी सपरिवार सँगै बेलायतमा बस्दै आएकी थिईन् एलिना । किडब्रुक र ग्रीनबिच कलेजमा पढेर ए लेबेल तहसम्मको अध्यायन पूरा गरेकी थिइन् । दिउँसो बुवा लेखनाथ पाण्डेको अनुपस्थितिमा घरमा आमा मात्र भएको बेलामा पहिलो तल्लामा झुण्डिएर आत्महत्या गरेको कुरा खुल्न आएको छ । अस्पष्ट समाचारअनुसार मृतकले कुनै चिट्ठी अथवा आत्महत्या गरेकी सूचना लेखेर छाडेकी थिईनन् । त्यसकारण आत्महत्याको कारण अहिलेसम्म कसैलाई केही थाहा लागेको छैन ।
लेखनाथ पाण्डे एकजना समाजसेवी प्लमस्टिड, लण्डनको नेपाली समुदायमा चीरपरिचित नाम हो । उनी प्लमस्टिडस्थित अस्मिता एसोसिएट्सका प्रोप्राइटर हुन् । दक्षिण पूर्व लण्डन, प्लमस्टिड हिन्दू मन्दिरका अध्यक्ष होमनाथ शर्माका अनुसार, “एलिना एकदमै असल चरित्रकी होनहार युवती थिईन्, तिनले आफ्नो अध्ययनबाहेक आफ्नै बुवाको कार्यालयमा काम पनि गर्दै आएकी थिईन् । यस्तो मृत्युले जुन सुकै बुवाआमालाई मर्माहात र चोट पुर्‍याउँछ । पोस्टमार्टम क्वीन एलिजाबेथ अस्पताल गरिएको थियो । पोस्टमार्टमको रिपोर्टबारे कसैलाई थाह छैन । होमनाथ शर्माका अनुसार अब आउने मंगलबार, २८ सेप्टेम्बर २०१० को दिनमा ११ बजे मृतकको अन्त्योष्टी गरिने कुरा भएको छ, तर, यो पक्का हो होइन, पुष्टि भएको छैन । -सुमल, मेस ।