अमेरिकामा शताब्दीको पहिलो मृत्युदण्ड

अमेरिकामा शताब्दीको पहिलो मृत्युदण्ड


लण्डन । सन् १९१२ सालपछि अमेरिकाको भर्जिनियामा पहिलेाचोटि एकजना महिलालाई मृत्युदण्ड दिइएको छ । टेरेसा लिविस नाम गरेकी महिलाले अमेरिकी डलर दुर्इलाख पचासहजार बिमाको रकम हत्याउनको लागि आफ्नो ५९ वर्षीय पति, जुलियन लिविस जुनियर तथा ३१ वर्षीय सौतेनी छोरा चाल्र्स लिविसलाई दुर्इजना भाडाका हत्याराहरु लगाएर सन २००२ हत्या गरेकी थिईन् । वकीलहरुका अनुसार तिनले यौन, पैसा र सौतेनी छोराले प्राप्त गर्ने एकसय साठीहजार जीवन बिमाको रकम काटी दिने प्रलोभन देखाएर ती दुर्इजना हत्याराहरुबाट पति र छोराको हत्या गराएकी थिईन् । यी महिलालाई सुइ हालेर मृत्युदण्ड दिने घोषणा गरिएको समाचार संसारभरिका मानिसहरुबाट विरोध गरिएको थियो । दुर्इजना हत्याराहरुलाई यो जघन्य अपराधमा संलग्न रहेकाले अदालतले उमेरकैदको सजा दिएको थियो, तर, ती दुर्इजनामध्ये एकजनाले सन् २००६मा जेलभित्र नै आत्महत्या गरेका थिए ।
गत विहीबारको राति नौ बजेर १३ मिनट जाँदा टेरेसा लिविसलाई भर्जिनियाको जारात शहरको ग्रीन्सभिल करेक्सन सेन्टरमा मृत्युको सुइ दिएर मृत्युदण्ड दिएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार मृत्युकोठरीमा लैजाँदा टेरेसा भयभित देखेकी थिईन् र तिनको च्यापुको थर्थराहटमा हल्लिएको प्रष्ट देखिएको थियो । १४ जना करेक्सन सेन्टरका अधिकारीहरुलाई तिनले एकपल्ट चिन्तित मुद्रमा नजर लगाईन् । लेथल सुइ दिनुअघि तिनको अन्तिम इच्छाबारे सोद्धा आफ्नो सौतेनी छोरीलाई हेर्न चाहेकी थिईन् जसले चेम्बर बाहिरको सीसाको झ्यालबाट टेरेसालाई हेरिरहेकी थिईन् । टेरेसाले अन्तिम पटक सौतेनी छोरीलाई हेरेर “सरी” भनेर खेद प्रकट गरेकी थिईन् । टेरेसाको मानसिक स्थिति ठीक नभएको भनी मृत्युदण्डलाई आजीवन कारावासको सजाएको लागि तिनका वकीलहरुले प्रयास गरेका थिए । भर्जिनियाको सर्वोच्च अदालत र गभर्नर बब म्यकडोनेल ४१ वर्षीय टेरेसाको अपील रद्द गरेका थिए ।
युरोपियन युनियनका राजदूत लगायत टेरेसालाई सपोर्ट गर्ने संघसंस्थाहरु मृत्युदण्डको सजायलाई खारेज गर्नलाई अथक प्रयास गरेका थिए, तर, सबै विफल भए । हत्यामा संलग्न दुर्इजनामध्ये एकजना मेथिउ स्यालेबर्जरले मृतक लिविस र उनको छोरालाई मार्ने योजनामा आफूले मुख्य भूमिका खेलेको कुरा अदालतसामु स्वीकार गरेको जिकिर गरेर वकीलहरुले टेरेसालाई बचाउने प्रयास गरेका थिए । यो मृत्युदण्डलाई लिएर इरानमा एकजना महिलालाई ढुंगा प्रहार गरी मार्ने सजायलाई अमेरिकीहरुले चर्को विरोध गरेको जवाफमा इरानका राष्ट्रपति मामुद अहमादिनेजादले अमेरिकी न्यायको दाहोरो चरित्रको आलोचना गरेका छन् । श्रोत – नेट, सुमल, मेस