चिसोले मध्यतराईको जनजिवन प्रभावित

चिसोले मध्यतराईको जनजिवन प्रभावित


मध्यतराईका जिल्लाहरुमा एक्कासी चिसो बढेको छ । केही दिनदेखि बढेको शितलहरका कारण तराईको जनजिवन प्रभावित बनेको हो ।

कुहिरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी समेत आएको छ । कुहिरो र शितसँगै चल्ने चिसो पश्चिमी हावाका कारण विशेषतः वृद्ववृद्धा, असाहय, अशक्त बढि प्रभावित बनेका छन् भने स्थानियको दैनिकी पनि सुस्त हुदै गएको छ ।

बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थीति दिउसो तिर मात्रै हुन थालेको देखिन्छ । यता चिसोले बालबालिका धेरैनै प्रभावित भएको ठहर गर्दै पर्सा जिल्ला शिक्षा कार्यलयले आजदेखि चार दिन सम्म पुनः जाडो बिदा गरेको छ । शिक्षा कार्यालयका अनुसार गत २३ गते देखि अगामी शनिबारसम्म बन्द गरिएको छ ।

निरन्तर चिसो बढेसँगै अस्पतालमा विरामीहरुको चाप समेत बढ्न थालेको छ । चिसोका कारण दम, रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा कोल्ड डायरियाका बिरामीहरुको संख्या समेत बढ्न थालेको नारायणी अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर इनामूलहकले बताए ।-प्रणय साह