यूकेमा 'सुसाइट डेटिङ'

यूकेमा 'सुसाइट डेटिङ'


लण्डन । यूकेमा पहिलोपटक अनलाइन फोरममा केही म्यासेजिङपछि सुसाइट डेटमा निस्केका योर्क्स, सोरेबी ब्रिजका ३५ वर्षीय स्टिभ लम्ब र इसेक्स, ब्रेन-ट्रीका ३४ वर्षीया जोएना ली ब्रेन-ट्रीस्थित औद्योगिक क्षेत्रको सडकमा कार पार्क गरी त्यसमा ग्यास फैलाएर गत हप्ता आत्महत्या गरेका छन् । पूर्ण अपरिचित स्टिभ र जोएना त्यसरी फोरममा भएको केही म्यासेजिङपछि एक साथ आत्महत्या गरेका थिए । स्टिभ र जोएनाको यस आत्महत्याले निक्कै नै सन्सनी फैलाएको छ ।
केही वर्षअघि जापानमा अत्यन्तै प्रसिद्धी पाएको सुसाइट साइटहरु त्यहाँको सरकारद्वारा अवैधानिक मान्यता पाएर एक प्रकारले हराएको भए तापनि केही फाट्टफुट्ट अनलाइन फोरमहरुमा आत्महत्या गर्न सकिने सजिला उपायहरुका बारेमा सोधिने वा जानकारीहरु आदानप्रदानहरु हुने गरेको पाइए तापनि ‘एण्डदिस’ र ‘हेवनस् लिटल गर्ल’ नामधारी स्टिभ र जोएनाले प्रयोग गर्ने फोरममा जीवनबाट दीक्क भई सजिलोसँग मृत्यु अँगाल्न चाहानेहरुको उल्लेखजनक जमघट हुने हालै प्रहरीबाट सार्वजनिक गरिएको छ ।
‘हेवनस् लिटल गर्ल’ नाममा “..I’m desperately seeking a pact in the UK. I’m 34, female and live in the Essex area. My preferred method is H2S.” भन्ने वाक्यहरु पहिलोपटक सो फोरमा छोड्ने जोएनाजस्तै ‘एण्डदिस’ नाममा “..Hi, can someone please tell me which products I can buy over the counter for the method (H2S) to work.” भन्ने वाक्य राख्ने स्टिभबीच पहिलोपटक रुचीहरु एक समान भएको थियो, भनिएको छ । त्यसको लगत्तै जोएनाले “..I have all the ingredients. You should have a car, be able to drive, and be willing to pick me up when it is time to CTB.” लेखेकिथिईन् भनै जवाफमा स्टिभले “..I’m just saying goodbye, I’m CTB today, and to all you people suffer I hope you find what you looking for..” लेखेका थिए । जोएनाले अन्तिम म्यासेजमा “…My time frame is as soon as possible. If you are ‘very’ serious, please email me. Thank you so, so much in advance.” लेखेकिथिईन् जसलाई पछ्याउँदै स्टिभले “…I will be traveling via H2S method, hope to see you on the other side….take care everyone…” भन्ने लेखेका थिए । यी दुर्इलाई धेरैले “..Good Luck, Wish you guys have a nice way..” आदि लेखेर शुभकामना व्यक्त गरेका थिए । पुलिसले जोएना तथा स्टिभका ल्यापटपहरु अधिकारमा लिएको छ ।
ट्रक ड्राइभर स्टिभ आफ्नो कारमा योर्क्सबाट इस्सेक्ससम्मको २०० माइल यात्रा गरी जोएनालाई आफ्नो कारमा लिफ्ट दिएका थिए । जोएनाको वासस्थान नजिकै रहेको सो औद्योगिक क्षेत्रपछाडिको खाली कार पार्कमा कार पार्क गरी ती दुर्इले कारको सम्पूर्ण झ्याल बन्द गरी H2S नामक ग्याँस खुल्ला छाडेका थिए र बाहिर देखिने गरी कारमा ग्याँस भएकोले कार नखोल्न भनी सावधान गर्दै कागज टाँसिएको थियो । सोही फोरममा सजिलोसँग आत्महत्या गर्न सकिने उपायहरुमध्ये जोएनालाई H2S को प्रयोग राम्रो लागेको थियो । फोरममा विभिन्न विधिहरुउपर डिटेलमा कुराकानी भएको सार्वजनिक भएको छ । ‘हाइड्रोजन सल्फाइड’ जसलाई छोटकरीमा H2S भनिन्छ, अत्यन्तै घातक ग्याँस हो । फोरममा प्रयोग गरिएको सीटीबीको मतलब ‘क्याच द बस’ हो, जसको भित्री अर्थचाहिँ सो फोरममा ‘कमिट सुसाइट’ हो ।
स्टिभका विधुर बाउ मेल्भिनले आफ्नो एक्लो छोरोले कुनै प्रकारको असाधारण लक्षण नदेखाएको, उस्तै नै रुटिन डेली लाइफ रहेको बताएका थिए । छोरोले आइतबार सी यु ड्याड लेटर भनी काममा हिँडेको सम्झने मेल्भिनको जहाज नै डुबेको छ । आत्महत्याका आइडियाहरु दिने वा आत्महत्या गर्न उक्स्याउने साइटहरुउपर सरकारले प्रतिवन्ध लगाउनु पर्ने गम्भीर माग गर्ने मेल्भिनले सारा दोष सो फोरमलाई दिएका छन् । त्यस्तै, ६२ वर्षीया जिल क्यापपेले आफूलाई यस्तो प्रकारका साइटहरु पनि उपलब्ध हुन्छन् भन्ने थाहा नभएको बताएकिथिईन् । जो (जोएनालाई घरमा बोलाउने नाम) सानैदेखि ‘एन्नोरेक्सिया’ नामको रोगी थिईन् तर बितेका केही समयबाट जो यसमा पूर्णतः अभ्यस्त रहेकिथिईन् । वास्तवमा जिलले जोलाई सँधै खुशी रहने युवतीको रुपमा देखेकिथिईन् । ‘एन्नोरेक्सिया’ भनेको ‘इटिङ डिसअर्डर’ हो । मनोचिकित्साको क्षेत्रमा यसलाई घातक नै मानिन्छ । मोटाउँछु भन्ने पीरमा रहने एन्नोरेक्सियनहरु सोही स्वस्थवर्धक खानाहरुको प्रयोगबिना शारीरिक तथा मानसिक हालातमा निक्कै नै विरामी लाग्दछन् तथा पर्दछन् ।
ब्रेन-ट्रीस्थित सडकमा फेला पारिएको यी आत्महत्याका जोडीहरुको कारलाई पुलिसले लामो कर्डन राखी अधिकारमा लिएको थियो । कसैले व्यवधान नदेओस् भनी टाँस्सिएको नोटिस पेपरले गर्दा सो घटनास्थललाई पुलिसहरुले अत्यन्तै सम्वेदनशील हालातमा लिएको थियो । बताइए अनुसार, जोएनाको सबै दाँतहरु झरेका थिए, जसको कारण उही ‘एन्नोरेक्सिया’लाई मानिएको छ ।
बेलायतजस्तो सम्पन्न देशमा विभिन्न वाहानामा आत्महत्या गर्नेहरु बढिरहेका छन् । बितेका केही महिनाअघि मात्रै आधा दर्जन मानिस अत्यधिक रिनको कारणले आत्महत्या गरेका थिए भने केहीले प्रेमको असफलताको कारणले गर्दा मृत्यु चुनेका थिए । यसरी मर्नेहरुमध्ये धेरैले अर्को जीवन हुन्छ भन्ने मान्यता राखेको अनुसन्धानकारीहरुबाट खुल्न आएको छ । तर केहीले जीवनमा पूरा गर्नै नसकिने समस्याहरु रहेकोले प्राण त्याग्ने गरेको पनि सोही अनुसन्धानमा बताइएको छ । तर सरकारले कुनै पनि समस्या, समाधानरहित नहुने भन्दै ‘सिटिजन्स एड्भाइस ब्यूरो’ जताततै प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ ।-देब, मेरो सम्वाददाता, समाचार श्रोत दी सन,तस्वीरसहित