लेबर पार्टीको नेताको रुपमा एड मिलिब्याण्ड

लेबर पार्टीको नेताको रुपमा एड मिलिब्याण्ड


लण्डन । एड मिलिब्याण्डले झिनो बहुमत ल्याएर लेबर पार्टीको नेताको रुपमा चुनिएका छन् । हिजो दिउँसो, मनचेस्टरमा आयोजिक एक विशेष नेतृत्वको कन्फरेन्समा सो नतिजालाई सार्वजनिक गरिएको थियो । हिजो विहानसम्म डेभिड मिलिब्याण्डले उस्तै सानै बहुमतले जित्ने अनुमानहरु लगाइएको थियो तर भाइ एड मिलिब्याण्डले दाइको ४९.३५को बदलामा ५०.६५प्रतिशत ल्याएर लेबर पार्टीलाई नेतृत्व गर्न चुनिएका छन् । लेबर पार्टीका सदस्यहरु, एमपी र एमईपी तथा ट्रेड युनियनहरुले दिएका भोटका आधारमा, पाँच वर्षअघि मात्र एमपी भएका एडलाई पार्टीको कमाण्ड हाँक्ने म्याण्डेट दिइएको थियो । पूर्व प्रधानमन्त्री ब्राउनको अधीनमा एड क्लाइमेट चेन्ज सेक्रेटरी रहेका थिए ।
एक मात्र महिला उमेदबार डाइना एब्बोट पहिलो राउण्डमा नै बाहिरिएकिथिईन् भने उनलाई पछ्याउँदै बाहिरिनेहरुमा एण्डी ब्रुहाम र एड बल्स थिए ।
आफ्नो विजय मन्तव्यमा एडले पूर्व प्रधानमन्त्री ब्राउनको तारिफ गरेका थिए र लेबर पार्टी अहिले दोस्रो पुस्तामा सरेकोमा खुशी व्यक्त गरेका थिए । आफ्नो दाइ डेभिडले आफूलाई जीवनमा महत्वपूर्ण पाठहरु सिकाएको बताउँदा दर्शक दीर्घामा बसेका डेभिड गर्वित भएका थिए ।
गत चुनावमा लेबरको हारको कारण आफू रहेको पूर्व प्रधानमन्त्री ब्राउनले स्वीकारेका छन्, जो लगायतका विभिन्न कारणहरुमाथि गम्भीरताका साथ कार्य गरेर पूर्व प्रधानमन्त्री ब्लेयरका पालामा जस्तै वा त्योभन्दा अगाडि आफ्नो पार्टीलाई लाने प्रतिवद्धता एडले मन्तव्यमा जनाएका थिए । लेबर पार्टी टोनी ब्लेयरको पालामा ज्यादा फैलिएको थियो । हाल सरकारले देशलाई रिनमा डुबाउनका लागि लेबर पार्टीको सरकारको ठूलो भूमिका रहेको सार्वजनिक रुपमा बताउँदै आएको छ । पब्लिक बेनेफिटलगायतका ब्रोकन सिस्टमहरुको जन्मदाता लेबर पार्टीलाई मानिएको छ । एनएचएसलाई सन् १९४०मा स्थापना गर्ने लेबर पार्टीले सन् १९६०मा ब्रिटेनलाई आधुनिक औद्योगिक युगमा प्रवेश गराएको थियो ।-देब, मेरो सम्वाददाता, समाचार श्रोत इपोलिक्स, तस्वीरसहित