मोनाको पाँचौ अधिवेशन भव्यरुपमा सम्पन्न

मोनाको पाँचौ अधिवेशन भव्यरुपमा सम्पन्न



हङकङ । सेप्टम्बर २६, जोर्डन, कंगन रेष्टुरेण्टमा म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको पाँचौ अधिवेशनले पुनस् दल सेर्बुजाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको छ। जसअनुसार अध्यक्ष दल सेर्बुजा, उपाध्यक्ष पदम पाइजा, सचिव लोकेश वोगटी, सहसचिव रुपा चोचाङ्गी र कोषाध्यक्ष कर्ण पुन तथा सदस्यहरुमा बीना पुन, तुलादेवी तिलिजा, प्रमोद गिरी, रेणु थापा, शीला जुग्जाली, खेम जुग्जाली, राजु रोका(मन), पदम शेरचन, वीर बहादुर घर्तीमगर र लिल बहादुर रोका छन्।

हङकङस्थित नेपाली महावाणिज्यदूतवासका महावाणिज्यदूत विनोद कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रको अध्यक्षता संघका अध्यक्ष दल सेर्बुजाले गरेका थिए भने संचालन सचिव लोकेश वोगटीले र स्वागत भाषण सहसचिव रुपा चोचाङ्गीले गरेका थिए। विशेष अतिथिहरुमा मोना अन्तराष्ट्र समितिका सदस्य तुल्मराज रामजाली र एनआरएनए हङकङका अध्यक्ष त्रिलोक गुरुङ थिए भने अतिथिहरुमा मोना, हङकङका आजीवन सदस्य टिका गुरुङ, थकाली समाजका अध्यक्ष तथा मोना हङकङका सल्लाहकार हर्क नारायण तुलाचन, लम्जुङ सेवा समितिका अध्यक्ष सत्य घले, पुन मगर समाज हङकङका अध्यक्ष राजु गर्बुजा, तमु ट्युह्लल हङकङ सचिव मिन बहादुर गुरुङ, र पर्वत मंचका अध्यक्ष दुर्गा गुरुङ थिए।

उक्त अवसरमा अधिवेशनको सफलताको शुभकामना मन्तव्य सबै अतिथिहरुले दिएका थिए भने प्रमुख अतिथि महावाणिज्यदूत विनोद कुमार उपाध्यायले संघको दिर्घकालीन सदस्य बनेका रुपा रामजालीलाई कदर पत्र प्रदान गरेका थिए। त्यसपछि अध्यक्ष दल सेर्बुजाले अधिवेशन सफलपार्न उपस्थित सबैलाई औपचारिक रुपमा धन्यवाद दिए साथै वर्तमान समिति भंग गर्दै वन्द सत्र संचालन गर्न अध्यक्ष मण्डलको नामवली प्रस्तुत् गरेपछि उक्त खुला सत्रको कार्यक्रम समापन गरेका थिए।

त्यसपछि शुरु भएको वन्द सत्रको अध्यक्षता हर्क नारायण तुलाचनले गरेका थिए भने संचालन अध्यक्ष मण्डलका सदस्य टेक पुनले गरेका थिए भने अर्का अध्यक्ष मण्डलका सदस्य ई। हर्कमान मगर थिए। निवर्तमान सचिव लोकेश वोगटिले प्रस्तुत् गरेको सांगठनिक प्रतिवेदन उपर छलफल पछि सुझाव सहित सर्वसम्मत पास भएको थियो भने निवर्तमान कोषाध्यक्ष निजी कारणले गर्दा उपस्थित हुन नसेकोहुदाँ ईन्द्र एलजी थापामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर सामान्य सुझाव सहित पारित भएको थियो। साथै विधान संशोधन समितिका संयोजक तुल्मराज रामजालीले धेरै संशोधित विधान प्रस्तुत् गरेका थिए। ब्यापक छलफल पछि संशोधित विधान पारित भएको थियो। ब्यापकरुपमा संशोधन गरिएको उक्त विधान अनुसार अब कार्य समितिको कार्यकाल ३ वर्ष, हङकङ छोडेर जाने साधारण, दिर्घकालिन र आजीवन सदस्यहरुको क्रमश ६, महिना १ वर्ष र १८ महिना पछि निष्कृय हुने, संस्थाले दिने सहयोग हङकङ बाहेक नेपालमा २०५ – ५०५ र अन्य देशमा हङकङ सरह पाउने, सहसमिति र विभाग रहेकोमा अब विभाग मात्र रहेन, विभिन्न प्रकारका कोषहरु स्थापना गर्न सकिने आदि विधानमा व्यवस्था गरिएको छ।

दोस्रो चरणमा अध्यक्ष मण्डलले नै निर्वाचनको जिम्मेबारी पूरागरेका थिए। सर्वसम्मतरुपमा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन भएको थियो। माथि उल्लेखित नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष हर्क नारायण तुलाचनले गोपनियताको सपथ गराएका थिए। त्यसअवसरमा हल्का खानाको परिकार तथा पिय पदार्थहरु निशुल्क व्यवस्था गरेको थियो। -इन्द्र, हंगकंग