उत्तर कोरियाको भावी नेताको फोटो सार्वजनिक

उत्तर कोरियाको भावी नेताको फोटो सार्वजनिक


लण्डन । विश्वको सञ्चार माध्यमको सञ्जाल हेर्दा उत्तर कोरिया सबैभन्दा एक्लिएको राष्ट्रमा पर्दछ । सञ्चार माध्यमलाई केन्द्रिय स्तरमा सरकारले प्रतिबन्धित गरेकोले राष्ट्रको गतिविधिबारे बाह्य जगतलाई त्यति थाहा हुँदैन । विश्व सञ्चार जगतले विकास गरेको उपलब्धिलाई उत्तर कोरियाका जनताहरुले भोग्न पाइरहेका छैनन् । तर, संसार भरिका राष्ट्रहरुले सञ्चारको माध्यमबाट क्षणमा नै प्रत्येक घण्टा र दिनको समाचार चौबीसै घण्टा सम्प्रेषण गरिरहेका हुन्छन् । धेरै कम मात्रामा उत्तर कोरियाको गतिविधिबारे समाचार प्राप्त हुने गर्दछ । उत्तर कोरियाको ५७ वर्षको इतिहासमा एउटै परिवारका दुर्इपुस्ताले राष्ट्र शासन गरेको पाइन्छ र अब तेश्रो पुस्तामा नेतृत्व हस्तान्तरणको सम्भावित भनक प्रकाशमा आएको समाचार प्राप्त भएको छ । किम दोश्रो सुङले मार्क्सवाद र लेनिनवादको दर्शनलाई परिमार्जन गरेर उत्तर कोरियामा “जू-चेह” पद्धतिको कम्युनिज्म उत्तर कोरियामा स्थापना गरेका थिए । आफ्नो मृत्यु हुनुअगावै आफ्नै छोरालाई उत्तर कोरियाको कमान सम्भाल्ने बाटो बनाई दिएका थिए । किम जोङ इललाई सत्तासीन हुन केही गाह्रो भएन । यतिबेला प्यारो नेता भनेर उत्तर कोरियाई जनताले सम्बोधन गरिने ६८ वर्षीय किम जोङ इल केही वर्षदेखि खराब स्वास्थ्यका कारण राष्ट्रिय प्रसारणहरुमा कम देखिन थालेका छन् ।
हालै प्राप्त समाचारका अनुसार उनका तेश्रो पुत्र किम जोङउनलाई सैनिक कमानको महत्वपूर्ण पद दिएर आफूपछिको नेतृत्वका लागि तयार बनाउन थालेका छन् । झण्डै २० वर्षको उमेरसम्म नचिनेका किम जोङउनलाई स्विट्जरल्याण्डमा अध्यायन गरेको संक्षिप्त समाचारबाहेक विश्व सञ्चार जगतलाई उस्तो केही थाहा थिएन । हालै २८ वर्षीय किम जोङउनलाई उत्तर कोरियाको केन्द्रिय सैनिक समितिको उपाध्यक्ष र चारतारे जनरलको हैसियतमा नियुक्ति गरेको छ । सोही अवसरमा उच्च सैनिक अधिकारीहरु र बुवाको साथमा खिँचेको फोटो उत्तर कोरियाको मुख्य राष्ट्रिय पत्रिका रोदोङ सिनमुनमा छापिएको छ । फोटोमा पहिलो पंक्तिमा देब्रेपटि्ट बसेका छन् । विश्व समाचारले यसलाई कम्युनिज्म तानाशाहीको संज्ञा दिएका छन् । श्रोत – टेलिग्राफ्, सुमल, मेस